Skip to content

मनको उज्यालामा तरंगीत सङ्गीतयात्रा

  • by


हुँ म एउटा विवश यात्री

संसार कस्तो छ भौतिक आँखाले उनले देखेका छैनन् । मनको आँखाले भने उनी यो जीवनलाई गीत-सङ्गीत जस्तै अनुपम ठान्छन् । बाहिरी संसार अँध्यारो भए पनि भित्री संसार भने उनका लागि उज्यालो छ । उनी अर्थात् दृष्टिविहीन गायक कृष्णभक्त राई सङ्गीतका बेजोड शिल्पी हुन् । २०५२ सालदेखि नेपाली सङ्गीतको क्षेत्रमा निरन्तर समर्पित कृष्णभक्तलेे छ सय गीतमा स्वर र दुई सय गीतमा सङ्गीत दिएका छन् ।

पूर्वी नेपालको धनकुटाको आहालेमा जन्मेका कृष्णभक्तले डेढ वर्षको उमेरमै आँखा गुमाउन पुगे । अलि बुझ्ने भएपछि अध्ययनसँगै सारङ्गी, मादल, बाँसुरीलाई साथी बनाए । भन्छन् ‘७/८ वर्षको उमेरमै म सारङ्ी मादल, बाँसुरी, राम्रो बजाउन सक्थेँ । सङ्गीतलाई छाड्न नसक्ने भएपछि यही नै मेरो कर्मक्षेत्र बन्न पुग्यो ।’

वि.सं. २०४९ मा ‘हँु म एउटा विवस यात्री’ बोलको गीतबाट साङ्गीतिक यात्रा सुरू गरेका उनी २०५२ सालमा राम्रो गायक बन्ने सपना बोकेर राजधानी छिरेका थिए । जीवनयात्रा, आकाश, सुस्केरा जस्ता विभिन्न्ा एकल एल्बम निकालिसकेका छन् । अरुका दर्जनाँै एल्बममा स्वर भरिसकेका छन् । ‘गीत गाएर मात्र नहुँदो रहेछ । धाउन पनि जान्नु पर्ने रहेछ । यो जमानामा स्वर र सिर्जना भएर मात्र यहाँ नहुने रहेछ’ उनको दुखेसो छ ।

हामी जस्तालाई काठमाडौंमा बाँच्नै गाह्रो

‘मारो मलाइ मारो मेरै जिन्दगीले’, ‘अत्तर त्यो फूलको’ र ‘मेघ गर्जिरहेछ’ जस्ता सुमधुर गीतका गायक ईश्वर अमात्यले पनि बाहिरी संसार देखेका छैनन् । उनकी आमाले चार दिनपछि मात्र थाहा पाइन् – छोरो त आँखै नदेख्ने रहेछ । त्यसपछि विभिन्न घरेलु उपचारका साथसाथै काठमाडौँ र भारतका विभिन्न अस्पतालमा पुर्‍याइयो तर कुनै प्रयास सफल भएन । विगत सम्झँदै उनी भन्छन् ‘देख्नै नसक्ने भएपछि सङ्गीत क्षेत्रमा नै समर्पित भएर लागेँ । यसैले मलाई हाँस्न, बोल्न सिकायो ।

त्रिशुलीका यी ईश्वरले नातिकाजी तथा गोपाल योञ्जनबाट सङ्गीतको ज्ञान लिएका छन् । यस क्षेत्रमा औपचारिक रूपमा आएको भने दुई दशक मात्र भएको छ । ‘मेघ गर्जिरहेछ चट्टान परिरहेछ’ बोलको गीत गाएर उनी औपचारिक रूपमा देखापरेका हुन् । नवप्रतिभा र ईश्वर उनका सार्वजनिक एल्बम हुन् । लक्ष्य, अनाथ, षड्यन्त्र, मायाको चिनोलगायतका चलचित्रमा आधुनिक गीत एवं भजन गरी तीन सय गीतमा सङ्गीत तथा स्वर दिएका छन् उनले । राजधानीको नयाँबजारमा भाडाको कोठामा लामो समयदेखि बस्दै आएका उनलाई सङ्गीतकै कमाइले जीवन धान्न र श्रीमतीसहित परिवार पाल्न भने अहिलेसम्म पुगेकै छ तर उनी काठमाडौंको आˆनो जीवनप्रति सन्तुष्ट छैनन् । उनको गुनासो छ- ‘ठग, फटाहा र दुई नम्बरी गर्नेहरू राम्ररी बाँच्न सक्छन तर हामी जस्ता सोझासिधालाई यो काठमाडौँमा बाँच्नै गारो छ ।’

आफू दृष्टिविहीन भएर पनि सङ्गीतकर्ममा केही गरिरहे पनि सरकारले मतलब नगरेकोमा पनि उनको गुनासो छ । नेताहरूको आश्वासनबाट आजित उनी आˆनो चोटलाई ठट्टामा लुकाउँदै भन्छन्- ‘धेरै नेताहरूले आश्वासन दिए तर आˆना भाइभतिजा, सालसालीलाई जागिर नखुवाएर किन हामीलाई खुवाउँथे ?’

भावना देख्न आँखा होइन, मन चाहिन्छ

मकवानपुर राजदेवीका अर्का ईश्वरको पनि भौतिक संसार अँध्यारो छ । उनको मन भने अलिकति पनि बादल नलागेको छ्याङ्ग आकाश जस्तो खुला छ । ११ वर्षकै उमेरदेखि स्टेजमा उत्रेर गाउन थालेका ४६ वषर्ीय ईश्वर खड्काले सङ्गीतमा डुबुल्की मारेको तीन दशक बितिसक्यो । टाइफाइडको कारण ११ वर्षकै उमेरमा आँखाको ज्योति गुमाउन पुगेका उनले त्यसपछि आˆनो जिन्दगीलाईर् सङ्गीतकर्मबाट अगाडि बढाउने निधो गरे । दार्जीलिङबाट सङ्गीतको आधारभूत ज्ञान लिए । उनले तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सिफारिशमा पाँच वर्षसम्म दिल्लीको गान्धर्व विश्वविधालयमा सङ्गीतको ज्ञान हासिल गरे । भक्तराजका ‘असली ˆयान’ ईश्वरले २५० भन्दा बढी गीत र गजल लेख्नुका साथै दर्जनांै गीतमा सङ्गीत, स्वर भरे । थुप्रै वर्ष राजधानीका दोहोरी साँझमा दोहोरी र गजल गाएर बिताए । अहिले उनलाई कहिले ग्ाितारका तारमा हातका आंैलाहरू चलाउँदै गरेको देखिन्छ भने कहिले बाँसुरीका धुनमा एकान्तमा रमाउँदै गरेको भेटिन्छ । कहिले तबलासँग पनि रमाइरहेका हुन्छन् । दृष्टिविहीन भएकोमा उनलाई कुनै गुनासो छैन । उनी भन्छन्- ‘मलाई सङ्गीतले चिनाएको छ । भावना देख्न आँखा होइन, मन चाहिन्छ ।’

माझीका जालमा दृष्टिविहीनका प्रकाश

केही महिनाअघि इमेज च्यानलले घोषणा गरेको साउथ एसियन स्टार मध्येका एक प्रकाश तिमिल्सिनालाई पनि बाहिरी संसार कस्तो देखिन्छ थाहा छैन । २० वर्ष पहिले २०४५ सालमा भुइँचालोसँग्ौ सप्तकोशीमा आएको बाढीले उनको घर र बाबुआमासँगै उनलाई पनि बगायो । भोलिपल्ट बिहान त्यही कोशीमा माछा मार्ने माइला माझीको जालमा परेका ती एकवर्षे बालकको ज्यान त जोगियो तर त्यसबीचमा उनले आˆनो आँखाको ज्योति गुमाइसकेका रहेछन् । किन र कसरी आँखाको ज्योति गुम्यो, पत्तो नै छैन । तिनै बालक आजको सङ्गीत क्षेत्रमा बल्न सुरू गरेको ज्योति मात्रै भएका छैनन्, थुपै्र दृष्टिविहीनका ज्योति पनि बन्न पुगेका छन् । सबै प्रकारका गीत गाउने क्षमता बोकेका प्ा्रकाशको रूचि भने शास्त्रीय सङ्गीतमा छ ।

एउटै चक्काबाट डेढ दुई लाखको कमाइ

‘मोहनी लगायौ कि ज्ान्तर गरेर कपाल कोरेर

अन्त माया नलाऊ साली मलाइ छोडेर’

गायक/सङ्गीतकार मधुबाबु थापाले चन्द्रकला शाहसँग गाएको कुनै जमानाको यो गीतले अझै पनि धेरैको ध्यान तान्छ । यो ग्ाीत लोकपि्रय बने पनि गायक तथा सङ्गीतकार मधुबाबु थापा भने अझै पनि ओझेलमा नै छन् । चौतारी दोहोरी, काठमाडौँ दोहोरी, रामरौस, जोवन कोपिलो, सोल्टिनीको रातो पछ्यौरीलगायतका ३० वटा जति एल्बम बजारमा ल्याइसकेका छन् उनले । २०३९ सालमा पहिलोपटक बजारमा ल्याएको चौतारी एल्बम त त्यो समयमा सबैभन्दा बढी बिक्री भएको एल्बम थियो । भन्छन्- ‘रोयल्टी तीन मोहोर आउँथ्यो । एउटा चक्काले डेढ दुई लाख कमायौँ होला हामीले ।’

‘साढे चार सय गीतमा स्वर दिएका उनले त्योभन्दा केही कम सङ्ख्यामा सङ्गीत भरेका छन् । आˆनै सङ्गीतमा ‘भैगो हजुर मायाजाल नबुन’ बोलको गीत गाएर तत्कालीन रत्न रेकर्डिङ संस्थानद्वारा आयोजित लोकगीत प्रतियोगितामा पुरस्कृत भएपछि उनले सो गीत रेडियो नेपालमा नै रेकर्ड गराएर यस क्षेत्रमा आए । उनले बि.म्युज.सम्मको अध्ययन पनि गरेका छन् ।

राजपुर सौदियार दाङका थापा दुई वर्षको हुँदा आँखा पाकेछ । गाउँकै एक महिलालेे कुकुर झिङ्रगाको नङग्राले आँखामा जमेको रगत कोतरेर फाल्दा उनको एउटा आँखा फुट्यो र अर्कोमा फुलो पर्‍यो । त्यसपछि उनी दृष्टिविहीन बने । २०५० सालदेखि करारमा सुब्बासरह काम गर्दे आएका छन् उनी रेडियो नेपालमा । कहिले हार्माेनियम बजाउने त कहिले तानपुरा अनि रेडियोमा रेकर्डिङको बेला सहयोग गर्नुपर्छ उनले । १५ वर्षसम्म काम गरे पनि स्थायी भएका छैनन् उनी । काठमाडौंमा खान पनि धौ धौ छ । घरमा श्रीमती छोराछोरीलाई पनि पठाउनु पर्छ । २५ वर्षदेखि पाटनको एउटा सानो कोठामा भाडामा बस्दै आएका छन् उनी । भन्छन्- ‘गायिका चन्द्रकला शाह दिदीको सहयोगबाट जीवन धान्दै आएको छु ।’

अरु पनि थुप्रै छन् देशभित्र र बाहिर

दृष्टिविहीन भएर पनि सङ्गीतकर्ममा लागिरहेकाहरू अरु पनि थुप्रै छन् । सरोदवादनमा अग्रपङ्तिमा आउने काठमाडौं किलागलका मोहनसुन्दर श्रेष्ठ पनि सङ्गीतकर्ममा नै रमाइरहेका छन् । सितारवादनमा नेपालकै राम्रोमा गनिने नरेन्द्र बाटाजु अहिले प|mान्समा सितारको प्रशिक्षकका रूपमा काम गर्दै आएका छन् । मोरङ केराबारीका रमेश सुवेदी ंदोहोरी साँझमा वाद्यवादकको रूपमा काम गर्छन् । उनी गाउँछन् पनि । ललितकलाबाट गायनमा स्नातक उनी लेबोरेटरी स्कुलमा सङ्गीत अध्यापन गर्छन् । कैलालीका निरन्जन बस्नेत, ताप्लेजुङ साघुका प्रेम लिम्बू, संखुवासभाका छत्र तामाङ, इलामका टीबी साँवालगायतका दृष्टिविहीनहरू राजधानीका दोहोरी साँझमा कोही गीत गाउँदै त कोही वाद्यवादकको रूपमा लगातार सङ्गीतकर्मलाई अगाडि बढाउँदै आएका छन् ।

त्यस्तै, पाँचथर आङनाकी सिर्जना दाहालको भौतिक संसार अँध्यारो भए पनि उनी एक दशकभन्दा लामो समयदेखि गायनमै रम्दै आएकी छन् । रेडियो नेपालमा ३५ वर्ष जागिर खाएर रिटायर्ड जीवन बिताउँदै आएका शम्भुकुमार मिलन पनि लामो समयदेखि सङ्गीत सिर्जना, गायन मात्रै होइन, पुस्तक लेखनमा समेत संलग्न छन् । उनले एक दर्जनको हाराहारीमा पुस्तक लेखिसकेका छन् । यी मात्र होइनन्, मुलुकका थुपै्र दृष्टिविहीनहरू सङ्गीत कर्मबाट आफूलाई चिनाउन लागिपरेका छन् । हालै मात्र राष्ट्रिय अपाङ्ग महासङ्घसँगको सहकार्यमा सङ्गीत अनुसन्धान तथा विकास मन्चले आयोजना गरेको दृष्टिविहीनहरूको गायन प्रतियोगिताले पनि यसै कुराको पुष्टि गर्छ । ८० जना दृष्टिविहीनले भाग लिएको सो प्रतियोगितामा सहभागीहरूको प्रतिभाको प्रशंसा नगर्ने कोही थिएनन् । कार्यक्रमलाई प्रबर्द्धन गरेको अर्बिट इन्टरनेसनलका प्रमुख/गायक तथा कार्यक्रममका निर्णयक समेत रहेका उद्धव केसीले भने ‘शारीरिक दुर्बलताले प्रतिभालाई नछेक्ने रहेछ । यी प्रतियोगीको गायन क्षमता हेर्दा लाग्यो सबलाङ्ग भन्दा कम रहेनछन्’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *