चैत मास खडेरीमा साउनको भेलले बगायो
बिछोडको पिडा दिई मेरो माया बल्ल रमायो
मिलन पछि बिछोड हुन्छ है भन्नै गर्थे सबले मलाई
आशा मलाई यहाँ लागिरह्यो आउला त्यो उराठ मन एक दिन पलाई
निर्दोष हाम्रो चोखो माया दोष यहाँ कसले लगायो
बिछोडको पिडा दिई मेरो माया बल्ल रमायो
मेरै माया हेरिरहेथ्यो, आकाशको तारा जूनले
जसको निम्ति संसार त्यागें मैले, चोखो माया कुल्चिन उनीले
हिंड्दै रहें मर्न भनी, क्षितिजमा हात कसले समायो
बिछोडको पिडा दिई मेरो माया बल्ल रमायो
शब्द – टेकबहादुर क्षेत्री
स्वर – कर्ण दास (मध्यान्ह)
एल्बम – मध्यान्ह -३
