उपहार म के दिन सक्छु र जन्ता
दिन सक्ने भनेकै मूल्य बृद्धि, भ्रष्टाचार अनि लोडसेडिङ त हो,
हो सबैभन्दा बढी दिनसकेको मैले यही नै हो,
किनभने म जो आखिर त्यगि न परे।
त्यही भएर………….
मैले आफ्नै पालामा दुध पेट्रोल अनि डिजलको मल्य बृद्धि गरे,
हुने खाने पहुच वालाहरूको घर पेट भरे,
भोका गरिब र असाहायहरूलाई झुपडीबाट सडकको पेटिमा सारे,
किनभने म जो आखिर त्यागि न परे।
अनि………………
मैले नै भ्रष्टहरूलाई सर्वोच्चमा स्थायी गरे,
मेरै पालामा बलात्कृत भएर दर्जनौ नेपाली चेली मरे,
हो सबैभन्दा बढी दिन सकेको मैले नै हो,
किनभने म जो आखिर त्यागि न परे।
