Skip to content

तिमि लाइ भुलाउन

तिमी बाट छुट्टिएर बाच्ने साहस छैन म सँग
तिमि लाइ बिर्सिएर जिउने आधार छैन म सँग
सजिलै मलाइ बिर्सिदिनु भन्दै गयौ तिमि त
तिमि लाइ भुलाउन पिउने जहर छैन म सँग..

तिमी त भेट्दा रमाइ रमाइ कुरा गर्छौ तर,
तिम्रो अघि बोल्न अब कुनै शब्द छैन म संग
तिम्रो झै सधैं रमाउन रबरको मुटु छैन म संग
तिमि लाइ भुलाउन पिउने जहर छैन म सँग..

म आज आफ्नै पिडामा छट्पटाइ रहेको छु
यो दुःखाई कम गर्ने म संग कुनै औषधि छैन
सजिलै मलाइ बिर्सिदिनु भन्दै गयौ तिमि त
तिमि लाइ भुलाउन पिउने जहर छैन म सँग..

Leave a Reply

Your email address will not be published. Required fields are marked *