Skip to content

करोड मुटुहरूको एउटै


करोड मुटुहरूको एउटै ढुकढुकी नेपाल
न तिमी हुन्थ्यौ न म नै हुन्थे नभए नेपाल

चौतारी मेला रोदी र भैलो नेपाली कण्ठले
रमाइलो पार्दै यो फुलबारी छत्तिसै वर्णले
मेचीको लहर उर्लेर माया पूर्वमा लाउँछ
कालीको छाँगा सन्देश फेरि पश्चिममा गाउँछ
दुई कोटी नजरहरूको एउटै नानी यो नेपाल
न सगरमाथा न धौलागिरि नभए नेपाल

यै लेकमाथि गुँरास फुल्दा देउराली भन्दछ
लाखौको आशा श्रम र सीप बेसीमा फल्दछ
यो देश हुन्छ धर्तीमा एउटा नेपाली भइन्जेल
यो जाति हुन्छ चन्द्र र सूर्य संसार रहिन्जेल
सीताको माइतीको वीर भूमि बुद्धको नेपाल
न फेवा रारा न यति डाँफे नभए नेपाल

शब्द: नवराज केसी
स्वर: अरुण थापा, सरोज गोपाल, बाबा राणा, रचना जी सी
संगीतः सरोज गोपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *