आकाशमा,
पाकक्रिडा चलिरहेछ क्यार,
बैँशालु बादलुहरुका,
त्यसैले त जोडजोडले,
बर्षीरहेछ- झरि।
आफ्नो यौवनको प्रतिछायाँ,
बैसाखको डालीमा फुलेको फूलसँग,
जेठको डालीमा झुलेको चरीसँग,
पाकक्रिडामा रमाँउदै गरेका,
तीनै बैसालु,
ढुकुर, जुरेली र तित्रासँग,
फिष्टे, मैना र झित्रासँग,
दाँज्दै दाँज्दै,
प्रकृतिको शुन्दर ऐनामा,
देखिन्छ कि भनी,
आफ्नै यौवनको प्रतिछायाँ,
भौतारिदै उभिँदा,
प्रकृतिको शुन्दर ऐनासामू,
निथ्रुक्क भिजाई दियो,
बैँश र यौवनले भरिएको,
यो मेरो भरिलो शरिर,
तिनै बैँशालु बादलुहरुका,
यौनका भेल -यो झरिले।
उभिएर भिजिरहेँ,
आफ्ना यौवनले भरिएको शरिर,
आफ्ना बैँशले पुरिएको शरिर,
झरिको मनोमानीसँगै,
रुझिरहेँ,
भिजिरहेँ,
आफ्नो मनोमानी गर्दै झरि,
रुझाई रह्यो,
भिजाई रह्यो,
तप्प तपकिएर मेरै केशमा,
फेरि बग्दै तपकिदै,
फेरि तपक्दिदै बग्दै,
यौवनले फुलेको मेरो शरिर भरि,
बैँशले फुलेको मेरो शरिर भरि,
निथ्रुक्क भिजिदियो चारैतिर,
दौडियो चारैतिर,
आफ्नो मनोमानीसँगै,
भिजाई रह्यो,
रुझाई रह्यो,
मलाई,
म रुझिरहँदा,
मलाई लाग्यो -‘त्यो झरि तिमी भईदिएकी भए!’
साँच्चै मेरी प्रिया,
‘यो झरि तिमी भईदिएकी भए……!’
