अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को प्रथम अनेसास च्याप्टर सम्मेलन यही मे २० देखि २२,२०१६मा अनेसास लसएञ्जलस च्याप्टरको आयोजनामा छ सूत्रीय घोषणापत्र जारी गर्दै समापन भएको छ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अनेसास प्रथम च्याप्टर सम्मेलनले-
१) च्याप्टर सम्मेलनलाई निरन्तरता दिने,
२) समान उदेश्य भएका सस्था बीच समन्वय गर्ने,
३) प्रकाशित कृतिहरूको अभिलेख राख्ने,
४) सस्थालाई आर्थिकरुपमा सवल बनाउने,
५) विधानलाई सरलीकरण गर्ने तथा
६) केन्द्रीय वेव साइटलाई च्याप्टरसग जोडने
लगायतका छ सूत्रीय लसएञ्जलस घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को प्रथम च्याप्टर सम्मेलन तथा विश्व काव्य गोष्ठी यही मे २२ तारिक सम्पन्न भएको छ ।
२० तारिकमा स्वागत डिनरबाट सुरु भएको सम्मेलन तथा काव्य गोष्ठीमा अस्ट्रेलिया, पोर्चुगल, नेपाल लगायत अमेरिकामा रहेका च्याप्टरका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
अनेशासका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माको सभापतित्वमा तथा प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइँटेलको प्रमुख आतिथ्यमा २१ मेमा शुरु भएको उदघाटन कार्यक्रममा पूर्व अध्यक्ष मोहन सिटौला, साहित्यकार कृष्ण धारावासी, बाणिज्यदुत ऋषि ढकाल, आर्टेसिया शहरका प्लानिंग कमिस्नर भक्त थापा,एएनएका वरिष्ठ उपाध्यक्ष डा.शम्भु ढुंगाना, प्रोफेसर डा.जित जोशी,दिल श्रेस्ठ, मुकुन्द ढुंगानाले आफ्ना भनाइ राख्दै शुभकामना दिनु भएको थियो ।
कार्यक्रम संयोजक अनेसास लसएञ्जलस च्याप्टरका अध्यक्ष शान्तिराम ढकालले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा गत दुई वर्षभरिमा उत्कृष्ट कार्य गरे वापत अनेसास नेपाल च्याप्टरलाई नगद अमेरिकी डलर पाँचसय सहित अनेसास राम लामा पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा कवि गुणराज लुइटेलको जलेको मन (कविता संग्रह), कथाकार नीशा अर्यालको अनगिन्ती चोटहरू (कथा संग्रह) र राष्ट्रनिर्माता र राजनीति (लेख संग्रह) विमोचन गरिएको थियो ।
उदघाटन कार्यक्रमपश्चात च्याप्टरको प्रतिनिधित्व गर्दै आआफ्ना च्याप्टरको प्रगति प्रस्तुत गरेका थिए । सोही दिन तेश्रो सत्र मोहन सिटौलाको सभापतित्वमा विश्व काव्य गोष्ठी सम्पन भएको थियो, जसमा विश्वभरीका तीनदर्जनभन्दा बढी उपस्थित कविहरूले आआफ्ना कविता वाचन गरेका थिए ।
कर्यक्रमको अन्तिम दिन् पहिलो सत्रमा
१) दीपक सिम्खडाले -“च्याप्टरहरूको सस्थागत विकास, व्यवस्थापन”,
२)डाक्टर जित जोशीले -“च्याप्टरहरूको क्षमता अभिवृदी”,
३) मोहन सिटौलाले “च्याप्टरहरूको न्यूनतम कार्यक्रमहरू”,
४)डा. खगेन्द्रप्रसाद लुइटेलले “नेपाली साहित्यको विकासमा अनेसास च्याप्टरहरूको भूमिका”, र
५) पदम विश्वकर्माले “च्याप्टरहरूको सस्थागत विकास, कार्यक्रम, च्याप्टर संचालन प्रविधि”
विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।कार्यपत्र माथि सहभागीहरूले गहनतम छलफल गरेका थिए ।
सम्मेलनको तेश्रो दिन आगामी सम्मेलन टेक्शासको डाल्लासमा आयोजना गर्ने घोषणा गरिएको थियो भने समापनमा आयोजक संस्था अनेसास लस एन्जलस च्याप्टरका अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको प्रथम अनेसास च्याप्टर सम्मेलनका संयोजक शान्तिराम ढकालले सम्मेलन सफल पार्न सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका थिए । कार्यक्रमको अन्तमा यहाको सक्रिय सस्था नेपाल अमेरिका एकता समाजले मायाको चिनो स्वरुप स्थानीय नानीहरूलाई सहभागी गराई संस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो
सम्मेलनको सञ्चालन केन्द्रीय महासचिव गोबर्धन पूजा र एल.ए. च्याप्टरका महासचिव तिलक कार्कीले गर्नुभएको थियो ।
