Skip to content

नेपालको मुहार फेर्न


नेपालको मुहार फेर्न युवा एकजुट हुनुपर्छ
विकासको आकार फेर्न युवा एकजुट हुनुपर्छ

भोकाको पेट भरिनेछ नांगाको लाज छोपिनेछ
गरिबको आधार फेर्न युवा एकजुट हुनुपर्छ

जातीयता र धर्मको त्यो निहुँमा देश जलेको छ
जनताको विचार फेर्न युवा एकजुट हुनुपर्छ

सुन फल्नेछ यै धर्तीमा पसिनाको खोलो बगे
अनिकालको मार फेर्न युवा एकजुट हुनुपर्छ

पक्कै एकदिन उचाइमा पुग्नेछ शिर नेपालीको
जागौ हामी संसार फेर्न युवा एकजुट हुनुपर्छ

कल्पना पौडेल ‘जिज्ञासु’
गैडाकोट ४ नवलपरासी
हाल = इजरायल

2 thoughts on “नेपालको मुहार फेर्न”

  1. उच्च राष्ट्रवादले अाेतप्रोत
    उच्च राष्ट्रवादले अाेतप्रोत गजल । युवाहरुलाइ देशका लागि लाग्न हार्दिक अाह्वान । बधाइ छ लेखिका बैनीलाइ ।

  2. धन्यवाद
    नमस्कार होम दाजु ! यहाँको हौसला पूर्ण प्रतिक्रियाको लागि सदैव आभारी रहनेछु ! धन्यवाद !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *