Skip to content


मजबुत,
समयको अगाडि,
म मजबुर छु।
त्यसैले त समय,
बारम्बार लुटिरहेको छ मलाई।

कुनै पाट्टिको नेता हुनुपर्छ,
शान्तिबाटिकाको शालिकमाथि उभिई,
जोडजोडले चिच्याउँदै,
युवाजबानहरूलाई,
सभामा तान्दै थिए,
र भन्दै थिए,
‘अब युवाले देशमा नै,
रोजगार पाउनेछन्,
आर्थिक विकास हुनेछ,
बिदेशमा,
पसिना र रगत बेच्नु पर्ने छैन्,
भोलिदेखि नै आर्थिक क्रान्ति गर्नेछौँ,’
ठिक त्यही बेला,
शैक्षिक प्रमाणपत्रको चाङ,
नागरिकता,
राहादानी,
र अनुभव पत्र,
दलालको हातमा थमाई,
खुट्टा ढोग्दै थिएँ म,
देशको आर्थिक क्रान्तिमा,
सहभागीका लागि,
खाडी जान।

Leave a Reply

Your email address will not be published. Required fields are marked *