आजभोलि यस्तो लाग्छ, झुकेको छ देश मेरो
परदेशीको दिलमा पनि, दुखेको छ देश मेरो
हाम्रो गौरव गाथा के हो? धेरै लाई थाहै छैन
सगरमाथा हाम्रो आफ्नै, लुकेको छ देश मेरो
छिमेकी छन् झलमल्ल, हाम्लाई अँध्यारोमा
बगेकाछन् कोशी काली, सुकेको छ देश मेरो
चोरबस्छन चौतारीमा, सज्जन पाउँछ शूली
असक्त र निमुखालाई, भुकेको छ देश मेरो
कोही पुगे चन्द्रमामा, कोहि मंगल धाउँछन्
सधैंभरि कुर्सी पाउन, ढुकेको छ देश मेरो ।
