बर्खाको झरी, बादलुपारि, रुँदिहुन् आमाले, रुँदिहुन् आमाले
दैलाको तस्वीर भित्रको छोरा, छुँदिहुन् आमाले, छुँदिहुन् आमाले
रोदीमा मादल बजेको सुन्दा, रुँदो हो माँयाको मन, रुँदो हो माँयाको मन
मुग्लान पारि झरेको आँशु, पुछिदिने कसको छ मन, पुछिदिने कसको छ मन?
अगेना छेउमा बुढा बाबा, रुँदो हो लुकेर, रँदो हो लुकेर
गाउँ छोडी परदेश गएको छोरा, आँउला कि कुरेर, आँउला कि कुरेर
गैरीमा सँगी लैबरी गाउँदै, खोज्दा हुन अतितलाई, खोज्दा हुन अतितलाई
मै रुन्छु एक्लै गाउँबेसी, पाखा, सम्झेर अतितलाई, सम्झेर अतितलाई
नरोऊ प्रिय मै आँउला फर्कि, जन्म गाउँ पाखामा, जन्म गाउँ पाखामा
मिलेर गाउँला, प्रीत साटौँला, लै बरि भाकामन, लैबरी भाकामा
असार २७, २०७३
सम्झना घर गाउँको
