Skip to content


ओए बादल !
तँ त किसिम धोकेबाज पो रैछस् त !

मलाई शितलता दिए झैं गरेर
मेरो घाम छेकिस्
मेरो जून छेकिस्
मेरो ताराहरू पनि छेकिस्

अहिले मेरो आशाहरू
गुम्स्याइ दिने बाहानामा
मेरो सुदुर क्षितिज पनि छेक्न खोज्दैछेस्
खबरदार!

खबरदार बादल ! खबरदार !
मेरो आशाहरू फुल्ने सुन्दर क्षितिज
छोप्न नखोज
बरु मेरो नीलो आकाशदेखि हटेर जा
अब म तँलाई हटाउन
आँधीबेहरी भइसकेको छु
आँधीबेहरी
किनभने तेरो धमिलो छाँया
अब मेरो कुवामा मलाई हेर्नु छैन् ।

चाँगे : ५ नेसुम, ताप्लेजुङ
हाल : सिंगापुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *