Skip to content

बहुचरित्र भित्र मेरो अभिनय

TankaBahadurAleMagar


ऊ र अर्कोलाई छिर्कने लाउन तम्सेको म । मलाई तगारो कस्न जुइनो बटार्ने उसको कुमकुम अरु ।

उत्तर आधुनिक, आधुनिक, यथास्थिति, संशोधक, प्रगतिशील र कटर पुरातन आदि इत्यादि छयास्मिस जम्घट । भाका, शैली र प्रस्तुति आ-आफ्नै । स्वभाव एकार्कालाई देखिनसक्ने, पानी बारे जस्तै ।

जय हो समय ! असम्भवलाई सम्भवको छट्के टोपी ।

३६को अंक ६३ भई अंकमाल । हिजोको नराम्रो आज मेरो झुम्का टुपीमै झुन्डेर । ऊ गद्गद् म प्रफुल्ल । हाम्रो छास्मिसले ऊ मोटायो, मेरो गाला चिलियो । कोथोलो अघायो, किर्पेट रमायो ।

प्रकृयामा कुकृया सम्मोहित । मैले चियो गरेँ थाहै नदी काक्रो लुकाएर चिचिन्डो देखाउदै छ । परिणाम : उसको मित फर्काएँ मैले धोती च्यातेर ।

खिनौटो समय देखेर मलाई हेर्न नसक्नेले हलो ! भन्यो, मैले हाय ! भन्दिएँ। पश्चात हिजोको जोरी छि: आजको जोरी गाई, गधालाई पखालेर ।

जय हो समय !

फेरि परिवर्तन । पुराना गए, नयाँ गठवन्धन ।

– कोही खोके ‘हाम्रो नुतन जाक जोडाई’ अशुद्ध ‘ रे ।

– कति हाँसे ‘ हाम्रो थूतुनो जोल्ठ्याई ‘ समय सान्दर्भिक ‘ रे ।

चौतारोमा हिजोको आफन्त खर्लप्पै बिरानो, पश्चिम फर्केका छन् । अस्तिको हेर्नै नचाहने आज मतिर फर्केर सुके हाँसो हाँस्दै छन् ।

जय हो चंखेको समय ! समयलाई केलाउन जान्नेको समय !

टंकबहादुर आलेमगर
२०७३ भदौ १०

Leave a Reply

Your email address will not be published. Required fields are marked *