गुगलको कोठा भित्र, माया खोज्न थाल्यौ हैन ।
संघारैमा टेक्नै लाग्दा, उल्टो पाईला चाल्यौ हैन ।।
भाग्यभन्दा धेरै खोज्ने समयको वशमा हुन्न,
उधृएको तिम्रो वैंश, दौलतले नै टाल्यौ हैन ।।
नयाँ छँदा आय हुने वेश्यावृति पेशा जस्तै
रुपरँगको मझेरीमा, पापी त्यो पेट पाल्यौ हैन ।।
जसको भैंसी उसको लाठी, हुनु पर्ने जस्तो लाग्छ
चुहिने छानो नछाएर, सलाई कोरी वाल्यौ हैन ।।
आवेगको उतेकर्षमा अलग हुन्छ अनुभूति
शितल दिने छहारीलाई, विष छरि ढाल्यौ हैन ।।
सम्हालेर उतारचढाव जीवनको यात्रा भरि
विपत्तिमा सहाराको डोरी छिनाई हाल्यौ हैन ।।
कोगटे-९
मकवानपुर
हाल – सुनसरी
