भाषा
घरबारी थिए माथि, शिखर उच्च शैलमा,
मकै कोदो र केराउ, लटरम्मै नि बारिमा ।
झुल्थे ती बारि डीलैमा, केराघरी झुकी तलै,
बोडी सिमी लटैरम्म, चिचिण्डा लहरा त्यतै ।
पशुको नबुझे भाषा, कोपभाजन गर्दछ,
भूमिको नबुझे भाषा, भूकम्पमा ज पर्दछ ।
इन्द्रको नबुझे भाषा, बाढीमा पनि पर्दछ,
ज्ञानिको नबुझे भाषा, अज्ञानि मानिस बन्दछ ।
गुरुको नबुझे भाषा, चेलो थला ज पर्दछ ,
हाकिमी नबुझे भाषा, अधिकार ज गुम्दछ।
भोटरको नबुझे भाषा, नेताको भोट गुम्दछ,
नेताको नबुझे भाषा, योजना पनि गुम्दछ ।
उनीको नबुझे भाषा, खानै पनि त गुम्दछ !
