
जैन मन्दीर यौगिक , नेपालमा एउटा छ,
अविच्छिन्न बीस वर्ष, प्रेक्षा ध्यान प्रयोग छ ।
अभ्यास चौथो तलामा,प्रात: प्रति दिन हुन्छ ,
सोपानको द्रिष्य भने ,धेरै जसो यस्तो हुन्छ।
योग गर्ने ब्रिद्ध ब्रिद्धा,एकै सास माथि चढ्छन् ।
किशोर किशोरी हरे ! लामो श्वास त्यही फेर्छन् ?
उठी ब्रह्म मुहूर्तमा, प्रात:काल प्रतिदिन ,
अगिबाटै पुगि केन्द्र, बसैं ब्रह्मानन्द लिन ।
सबै साधक साधिका, योगारूढ एकाग्र छन् ।
मौन मुख मण्डलमा, प्रेक्षाध्यानी प्रज्ञानी छन् ।
विविध आसन गर्दा, स्वेदले तन भिजाए,
क्रित्रिम साधन फाले, सौन्दर्य रूप बढाए ।
कोपिला फक्रेका कुनै, फक्रन बाँकी पनि छन् ।
फक्री ओलाएका पनि,यहां अनेक पुष्प छन् ।
राता सेता कति राम्रा,छिर्बिरे हरिया ती झन् ।
लहलहाउंदा फूल, कति राम्रा सुन्दर छन् ।
स्वेताम्वर धारी पनि, देखिन्छ नि कताकति,
प्राणायामको वायुमा, झुलेका छन् यता उति।
योग सौन्दर्य बाटिका ,पुष्पित पुष्प अर्पण ,
पुलकित पुष्पांजलि ,प्राणायाम समर्पण ।
भद्रासनमा बसेर, पुतली सँगै उडेका ,
श्वाँ-श्वाँ फुकि-फुकि श्वास, कलुषित छन् उडेका।
