Skip to content


कसैले जब रोक्दछ बाटो गन्तव्य देखिन्न ।
दिलले भन्छ हिम्मत कस निराश होइन्न ।।

नभन आश निराश भनी नरोक कसैले ।
पाइन गर्छन् यत्ति त जान जुझेर सबैले ।
दियो नै निभे संकट आए नडग किमार्थ ।
दिनु नै पर्छ प्रगति खातिर हरेक उत्सर्ग ।

अँध्यारो आई रातले पीरे हिम्मत नहार ।
शत्रुका हर किल्लामा गर अथक प्रहार ।
तिम्रो त्यो पानी हुनेछ खुन संकट टर्दछ ।
शहिद भनी क्रान्तिले सधैं सम्मान गर्दछ ।

सुगा छौँ हामी पिँजडा शुद्धै उडाई लम्कन्छौं ।
नजिक आई उज्यालो दिने तारा झैँ चम्कन्छौँ ।
एक नै एक भएमा सब अवश्य जितिन्छ ।
निस्कन्छ खुशी बहाई आँसु प्रभात दन्कन्छ ।

लय :– ३+२ बिश्राम ३+२ विश्राम ३+३ विश्राम जम्मा १६ मात्रा असारे लय
२०७३ असोज ७ शुक्रवार
विजु सुवेदी ‘विजय’
कुलेश्वर, काठमाण्डौँ
bijusubedi@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *