खेल्ने भए खेलौँ साथी असल राम्रो खेल
राम्रो खेलले इज्जतसँगै बढाउँछ है मेल
दुर्घटना हुन्छ रेलले छोड्यो भने लिक
गलत खेलले नतिजा दिलाउँछ बेठीक
जुवा तास, नराम्रो खेल हुन्छ जालझेल
राम्रो खेलले इज्जतसँगै बढाउँछ है मेल ।
गुच्छा अनि पाङ्ग्रा गुडाई नखेल्नु नै राम्रो
पुरस्कार पाइने खेलमा मन जाओस् हाम्रो
मान सम्मान मिल्छ खेले अनुशासित खेल
राम्रो खेलले इज्जतसँगै बढाउँछ है मेल ।
