Skip to content

के गर्दैछौ तिमी


सीमानाका जङ्गे खम्बा ढाल्दै छौ रे तिमी,
मान्छे माथि पेट्रोल खनाई बाल्दै छौ रे तिमी

औषधी छैन गाँऊमा तिम्रो बाटो हेर्छन गाउले,
कुर्सी मोहमा नयाँ कदम चाल्दै छौ रे तिमी

ख्याल गर अब त जनता त्यति कमजोर छैन,
घुसखोरीलाई ढाकछोप गरी पाल्दै छौ रे तिमी

हिमाल पहाड तराई कोही छैन पराई,
छिमेकीलाई खरानी दिंदैछौ रे तिमी आफ्नै घर जलाई

*Subash ghimire
Ithari,Sunsari Nepal
E_mail
Us_aasu@yahoo.com
Website. http://usaasublogaddress.blogspot.com/2015/12/blog-post.html?m=1

Leave a Reply

Your email address will not be published. Required fields are marked *