Skip to content


अल्लाहको दरवारमा मृतात्माहरूको लाम थियो । लस्करै उभ्याइएका मृतात्माहरूले पृथ्वीलोकमा गरेका पाप र पुण्यको लेखाजोखा गर्दै सजायँ तथा पुरस्कारको भाग लगाउँदै थिए अल्लाह ।

उनले अँझै पनि अफुलाई मुल्लाह ठानेर लामा-लामा दाह्री पालेको र टाउकामा ठूलो फेटा बाँधेको एउटा मृतात्मालाई नर्कबासको सजायँ तोकेर छेउमा उभ्याएका मात्र के थिए, त्यसैबेला उनको अनुचरले अर्को यौटा मृतात्मा ल्यायो र उनका अघि उभ्यायो ।

नवआगन्तुक आत्मातिर अल्लाहले पुलुक्क हेरे र मुसुक्क हाँस्तै छेउको मेच देखाएर भने -बस मनुवा, तिमीले मेरो दरवारमा आएर उभिइरहनु पर्दैन।

नवगन्तुक अल्लाहलाई अभिवादन गरेर बसेकोमात्र के थियो, नरकबास पाएको रनाहमा परेको फेटे मृतात्माले बिरोध गर्दै भन्यो-अन्याय भो अल्लाह, अन्याय भो ।

फेटे मृतात्माको बिरोधले अल्लाहको ध्यान खिचियो अनि उनले फेटे मृतात्मालाई सोधे-के भो ? किन हल्ला गरेको ?

स-सम्मान अल्लाहका छेउमा बस्न पाएको आत्मालाई देखाउँदै फेटे मृतात्माले भन्यो-यो सम्मान गर्न लायक आत्मा हैन अल्लाह, मुसलमान भए पनि यसलाई त जन्म जन्मान्तर दैनिक कोर्रा लगाउँदै नरकमा जाक्नु पर्ने कार्य चैं गरेको छ यसले; अनि यसैलाई यस्तो सम्मान ?

फेटेका कुरा सुनेर अल्लाह मुसुक्क हाँसे र नवआगन्तुकको टाउको मुसार्दै फेटेलाई नै प्रश्न गरे-यिनको अपराध चैं के थियो त मनुवा ?

काफिरहरूका लागि मन्दिर र प्रार्थना गृह बनाउँने कार्य प्रभु-फेटे अँझै जिरह गर्दै थियो ।

जीवन दाहाल
गौरादह-१२,झापा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *