Skip to content


जब जंगलको शेर शहर पस्यो,
तब शहरको शेर आज गाउँ पसेको छ ।
शेर त आखिर
शेर नै हो जनताको लागि,
गाउँको होस् या शहरको ।
केबल
शिकार गर्छ, त्यस्ले जनताकै ।
हिजो,
माथिल्लो ओठ माथि जुँगा नभएको
बुढो शेरले शिकार गरेको थियो ।
आज,
त्यही माथिल्लो ओठमा
घोप्टो जुँघा भएको शेरले
शिकार गरीरहेको छ जनताको,
सिंहदरबार बसेर ।
कतीदिन टिक्ला र यो घोप्टे पनि ?
एक्दिन त, कुनै हजामले
काट्ला नि त्यस्को घोप्टे जुँघा ।
घोप्टो जुँघा देख्दैमा
को डराउँ छ र यहाँ ?
अब जनताले चिनिसके
त्यो घोप्टे जुँघालाई ।
हेर्दै जाउ तिमी अब,
त्यो घोप्टो जुँघा,घोप्टिदै छ
आफ्नै भाग्यमा थाल घोप्टिए झैँ ।
अब त्यस्ले बन्दुक उठाए पनि
डराउने छैनन कोही ।
के,
निधारमा रातो टिका लगाउदैमा
त्यो देशभक्त हुन्छ र ?
के भनेको थियो,त्यस्ले हिजो ?
के गर्दै छ,त्यस्ले आज ?
विश्वाश नगर है,त्यस्लाई अब,
त्यो त बन्दुकले मौलाएको छ अचेल ।
त्यो त सत्ताले बहुलाएको छ अचेल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *