बाटो लागे चाडबाड
उमेरसँगै पन्छिएर
खुसी दिए रहर साटे
मनहरू सुम्पिएर
कति पटक चाडसँगै
आँखाहरू रसाएछन
बाटो लागे चाडबाड
उमेरसँगै उभिएर
प्रत्येक चाड फर्की आए
उमेर मेरो पैंचो माग्दै
आभास त्यो आफन्त को
मनै छुँदै सम्झाएर
बाटो लागे चाडबाड
उमेरसँगै कस्सिएर
हाँसे होला कति पल्ट
मन रोयो कति पल्ट
मनको कथा मनमै रह्यो
भेट हुँदा प्रत्येकपल्ट
आशाहरू हराउदा
बादल फाट्यो घाम लाग्यो
पैतालामा आँगन मेरो
आफ्नै माटो वास्ना चल्यो !
