Skip to content


बाटो लागे चाडबाड
उमेरसँगै पन्छिएर
खुसी दिए रहर साटे
मनहरू सुम्पिएर
कति पटक चाडसँगै
आँखाहरू रसाएछन
बाटो लागे चाडबाड
उमेरसँगै उभिएर
प्रत्येक चाड फर्की आए
उमेर मेरो पैंचो माग्दै
आभास त्यो आफन्त को
मनै छुँदै सम्झाएर
बाटो लागे चाडबाड
उमेरसँगै कस्सिएर
हाँसे होला कति पल्ट
मन रोयो कति पल्ट
मनको कथा मनमै रह्यो
भेट हुँदा प्रत्येकपल्ट
आशाहरू हराउदा
बादल फाट्यो घाम लाग्यो
पैतालामा आँगन मेरो
आफ्नै माटो वास्ना चल्यो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *