एकान्तमा मिठामिठा रहर बनी आउँछौ
अबरोधहरूको एउटै जहर बनी आउँछौ
तिमीभन्दा सुन्दर अरु छैनन यो सृष्टिमा
सबै प्रेमका पुजारीको ठहर बनी आउँछौ
जसले देख्छ तिम्रो त्यो सुशील स्वभावलाई
उसको मनमा सुविचारको लहर बनी आउँछौ
के जादु छ तिमीमा त्यो खै कसरी जानू
संग्राम गजल लेख्छ तिमी बहर बनी आउँछौ
मोहन संग्राम
