Skip to content

समयका जन्जीरहरूभित्र।


साच्चिकै समयका क्रुर चक्रहरु घुमि नै रहे
भावना भरि भरि स्मृतिका सुमनहरु सँगालेर,

मन भरि भरि सितलताक उद्वेगहरु भरेर,
मुटु भरि भरि संब्रिद्धिका सगुनहरु लुकाएर,

आँखा भरि भरि प्रफुल्लताका अनुबन्धित गरेर
अन्जुलि भरि भरि शुभकामनाका कोसेलीहरु बोकेर,

दिल भरि भरि टलपल् टलपल् बिक्षिप्तताहरु कुम्लो कसरे,
म विवस छु – मेरो मुटुको आधा टुक्रा कतै वाटोमै छाडेर

आफुलाई असह्य चोट र व्याथाको परिधि हुँदै
एकान्त तर्फ, अनकन्टार् तर्फ, आँधिवेहेरी तर्फ

छालहरु तर्फ धकेल्न। म बाँधिएको छु,
समयका जन्जिरहरु भित्र

2 thoughts on “समयका जन्जीरहरूभित्र।”

  1. अली बड़ी नै निरासा भयो की ?
    अली बड़ी नै निरासा भयो की ? जीवनमा खुसी हुन पानी सिकनुपर्दोरहेछ साथी …

    http://hamronepalma.blogspot.com/

Leave a Reply

Your email address will not be published. Required fields are marked *