आँखा छोप्छ धरती र गगनले आज,
धित मारिदेउ मेरो, चुम्बनले आज ।
कती तड्पिएर बस्नु जवानीको भोक बोकी ?
भर्छु पेट तिम्रै ओठको मक्खनले आज ।
धित मारिदेउ मेरो, चुम्बनले आज ।
फिजाएर आकाशमा बादलु ती केशहरु,
रुझाइदेउ मेरा अँग अँग यौबनले आज ।
धित मारिदेउ मेरो, चुम्बनले आज ।
अदालत भित्र पनि नडराई बोल्यौ भने,
तिम्रै जीत स्विकार्ने छ, सदनले आज ।
धित मारिदेउ मेरो, चुम्बनले आज ।
तिमी मेरै हो, भन्ने कुरा थाहा पाओस्,
कान्तिपुर, भादगाउँ र पाटनले आज ।
धित मारिदेउ मेरो, चुम्बनले आज ।
आँखा छोप्छ धरती र गगनले आज ।।।
