
गर्न खोज्छु भन्दै अगाडि बड्न खोज्दा येहा मान्ने कोहि छैन
साथी भाइ हरू ले पनि येसले गर्छ भन्दै येहा छान्ने कोहि छैन
आफन्त, नाता, कुटुम्ब पनि त्यस्तै रहेछन यो स्वार्थी सन्सारमा
जानीकन पनि अगाडि पुग्ला भन्दै आफ्नो येहा ठान्ने कोहि छैन
सबै लाई खुसी पार्छु भन्दै दिन रात एक गर्दै तिनै को चिन्तन मा
यो प्रवाशको बसाइमा अनगिनन्त ती पीडा येहा जान्ने कोहि छैन
ती निस्वार्थ मेरा भावना नदि सरह निस्चल अविरल बगि रहदा पनि
यो आफ्नै हो भनी ममतामयी स्पर्शले आफुतिर येहा तान्ने कोहि छैन
उकुस मुकुस को यो मेरो गन्तब्य अनि यात्रा मा साथ निभाउदै
यो टुट्न खोज्दै गरेको स्वास लाई मेरै हो भनी येहा धान्ने कोहि छैन
येथार्तथा का ई मेरा कथन हरू लाई हिर्दयगत र समर्थन गर्दै
मेरा ई विवश सोच र साथलाई आलिङनमा येहा बान्ने कोहि छैन
राज भण्डारी (विवश)
दुबई, युएई
