गजल
जसो तसो यहाँ गनेर दिन बित्दैछ
झुक्याइ आउछु भनेर दिन बित्दैछ ।।
झर्को फर्को गर्दै आफ्नै माथी पनि
ब्यर्थैमा कठोर बनेर दिन बित्दैछ ।।
बिबस्थाले थिचेका उठाउन भारिहरु
साँच्चै ठसठसि कनेर दिन बित्दैछ ।।
भासिदैछु झन् धन निकाल्ने बहानामा
आफैं पुरिने खाल्डो खनेर दिन बित्दैछ ।।
पुस्कल पौडेल (—प्रतीक)
