जवानीमा मात्नु माती हत्तेरिका
के के भयो हिजो राति हत्तेरिका
बन्द गर्नु पर्थ्यो बत्ती बिर्सिएछ
उज्यालोमा हुन्न जाति हत्तेरिका
भूकम्प नै गयो भनी झुक्किएछु
उठ्दै बस्दै तिम्रो छाती हत्तेरिका
हेर्दा हेर्दै ओछ्यान पुरै भताभुङ्ग
बिजोग थियो तन्ना च्याति हत्तेरिका
अँध्यारोको मजा बिहानीले खोस्ने
यो सूर्य नि कस्तो घाती हत्तेरिका
कावासोती,नवलपरासी
