मुटुभरि तिम्रै नाम छ केर्न सक्दिन म
तिमीले झै मनको देउता फेर्न सक्दिन म
केही गुनासो छैन मलाई छाडी गए पनि
(हाँस्दै बाँच्नु तिमी रोएको हेर्न सक्दिन म) २
तिम्लाई ठेस लास लागे यो मन दुख्छ के गरूँ,
तिम्ले बाझी हारे यो शिर झुक्छ गे गरूँ
आफन्त नै ठान्छु तिम्लाई पराई भए पनि
(जित्नु सधैंं तिम्रो हार हेर्न सक्दिन म) २
तिम्रै हुने विश्वास थियो भैन के गरूँ
अरुको भै जिउने हिम्मत छैन के गरूँ
जिन्दगीभर एक्लै बस्छु बस्नै परे पनि
(पराईलाई अंगालोमा बेर्न सक्दिन म) २
मुटुभरि तिम्रै नाम छ केर्न सक्दिन म
तिमीले झै मनको देउता फेर्न सक्दिन म
(हाँस्दै बाँच्नु तिमी रोएको हेर्न सक्दिन म) २
*Copyright
Subash Ghimire
http://subashghimireblogaddress.blogspot.com/2016/01/blog-post_82.html?m=1
