जल जमीन अागो र, वायु आकाश नै पनि,
स्वाधिष्ठा मूल छन् नाभि,अनाहत विशुद्धि नि ।
उदर निर्मलै राख , स्वाधिष्ठानै भरी जल ।
अग्नि पकाउनै शीघ्र, सदा प्रज्वलितै गर ।
अनाहत सदा भर्नु . शुद्ध वायु सदै भरी ।
अप्रदूषित फोक्सो त,बनाऊँ नि सदैभरी ।
सदा पौष्टिक खाएर, राखौँ पुष्ट शरीर नि।
प्राणायाम गरौं हामी , योगासन सदै जनि ।
भाग्छन् दूत यमैका ती, योगी महान हुन् भनी
नवौँ चिरन्जिवी ठानी, ती दण्डवत नै गरी ।
आलस्य नगरी गर्नु, सदै भरी यसै गरी ।
रोक्दैन तिमिलाई नी, बन्न नवौं चिरन्जिवी।
