होस गर यो बताससँग बिष मिलेको छ
तिम्रो स्वप्न ध्वस्त गर्ने माचिस मिलेको छ
बिसौ मुर्गाहरू छन तिमी जस्ता ऊसँग
कृष्णजीको उसैलाई आशिष मिलेको छ
के मुद्दा लड्छौ प्रेमको अदालतमा ऊसँग
उसैसँग अदालतको न्यायाधीश मिलेको छ
न्यायको भिख नमाग यो दुनियासँग
यहाँ एक से एकको दिलमा आरिस मिलेको छ
नैतिकताको बिज मात्र नि बाँकी छैन उनीसँग
धन्न कृष्णसँग उसको प्राक्टिस मिलेको छ
मोहन संग्राम
