Skip to content


पर पर भागी जाने मेरो मायालाई
भनिदेऊ मेरो कुरा अरुलाई नसुनाई
जीवनमा भागी मात्र पार पाइँदैन
भाग्नेहरूसँग यसै माया लाइँदैन ।

कैलेकाहीँ मान्छेलाई आपत् पर्न सक्छ
माया मारी हिड्नुहुन्न आँसु झर्न सक्छ
कति पाइला छाडे भनी पछि हेर्नु पर्छ
भाग्नेहरूसँग यसै कसले माया गर्छ ।

भाग्नु भन्नु हार नै हो जिन्दगीको दाउमा
पाइँदैन मिठो माया पहिलेको भाउमा
भन्दो होउला हाम्रो माया सारै सस्तो हुन्छ
मायासँगै बुझे हुन्छ माया कस्तो हुन्छ ।

1 thought on “मायालाई”

  1. सविताजी गीती कवितमा हुने
    सविताजी गीती कवितमा हुने भावहरु यसमा मनग्गै छन् । यो वियाेगजनित बेथाकाे पिर र वेदनाबाट जन्मिएकाे वा प्रेमीले परित्याग गरेपछि जन्मेकाे भावकाे झाेक्का जस्तो देखिन्छ । जे होस् गित सुन्दर छ । अाशा छ अरु पनि देख्न पाइएला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *