Skip to content

उसकाे स्मृति

तिम्रो याद अाउने कुनै पनि चिनो
मबाट टाढा सार्न थालेकी छु
जति चोट दियौ तिमीले मलाई
ती चोटहरुमा म
अाफै मलम पट्टी गर्न थालेकी छु ।
छरपस्टिएको याे मेरो मुटुलाई
म अाफै‌ जाेरजाम गर्न थालेकी छु ।।
तिमीले छोडी गएपछि मुटु त्यसै च्यातिएछ
त्यही मुटुलाई
सँगालेर अाज म सिउन थालेकी छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *