किन मलाई एकान्तमा उसको यादले पोल्छ
क्षितिज पारी बादलुमा उसको नयन बोल्छ ।
साँझ परी रात ढल्दा झन् झन् मुटु जल्छ
सपनीमा आई आई उस्कै छाया बोल्छ ।
किन मलाई यस्तो हुन्छ छाती त्यसै जल्छ ।
बेहोसीमा हराएझै दिन यसै ढल्छ ।
किन मलाई एकान्तमा उसको यादले पोल्छ
क्षितिज पारी बादलुमा उसको नयन बोल्छ ।
