Skip to content


सुन मायालु मनका कुरा गरौ
हद पार नगरी मायाका कुरा गरौ
अहिल्यै किन अलग हुनु पर्यो
बिपना र सपना सजानउने कुरा गरौ ।

तिमी लैला भए म मजनु हुन पाए नि हुने
तिमी मालती भए म मङ्गले हुन पाए नि हुने
मनमा भएका मायाका भाका अब पुरा गरौ ।
आऊ अब साथ साथै बसेर मनका कुरा गरौ ।

लेखेर नि के सकिन्थे मनका बहहरू
देखेर नि के बुजिन्थे भित्रका कुराहरू
आऊ अब साथ साथै बसेर धोको पुरा गरौ‌
मनका उकुसमुकुसहरू हटाएर सग्ला कुरा गरौ‌ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *