Skip to content

ह्वाइटबोर्ड र म


विचित्र प्रेम
मेरो अनि उसको
शून्यता अनि पवित्रता
स्पष्ट अटुटता र जटिलता
बोकेको अलौकिक सम्बन्ध
ह्वाइटबोर्ड र मेरो ।

म सिंगार्छु उसलाई
मार्कररुपी गाजलले
अक्षरको गहना,
चित्रै चित्रको वस्त्रले
कस्तो नवीन निकटता
ह्वाइटबोर्ड र मेरो ।

खालीपन हटाउन उसको
अनेक तानो बुन्छु
विपरित रंगले ढाकछोप गर्दै
फेरि डस्टरले निर्वस्त्र
पार्दै रमाउने निर्लज्ज कार्य
ह्वाइटबोर्ड र मेरो ।

हरेक दिन स्पर्श गर्दै
रमाउछु म त्यो शून्यतालाई
प्रतिक्रिया कुनै पाउन्न
तैपनि आनन्दमा लीन हामी
स्वीकृत एकतर्फि प्रेम
ह्वाइटबोर्ड र मेरो ।

प्रदशित गोप्यता
परावर्तित प्रेम अनि
उदाहरणीय विचित्रता
सहितको प्रगाढता हाम्रो
तर पनि निर्जीव सम्बन्ध
ह्वाइटबोर्ड र मेरो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *