Skip to content

हामीले पनि सलनाल (कोरियाको नयाँबर्ष) मनायौँ


२७ जनवरी, २०१७ शुक्रबार

गोराहरूको सहर….

अग्ला महलहरूले निला आकाससङग आफ्ना उचाई नाप्न अनुरोध गरे झैँ ठिङ्ग उभिएका देखिन्थे महलहरू । भूकम्पले ढाल्नुअघि सुन्धारा घुम्न गएको थिएँ । त्यतिबेला धरहराको फेदबाट धरहरा हेर्दा लाग्थ्यो । विश्वमा अग्ला घर त यो नै होला । धरहराको कौसीमा झुमिएका मान्छेका टाउकाहरू गन्न नपाउदै झरेको थियो टाउकोलाई सोभय दिईबसिरहेको कालो छात्त्तेटोपी । त्योभन्दा दसौँ गुना अग्ला महलहरूले मसँग मेरो धरहराको उचाईलाई खिसीमा उडाउदै थिए । गोराहरूको सहर यानकी कोरियाको सहर सउलमा ।

म आएबाट कहिल्यै कम्पनीमा राम्रोसँग काम भएन । कोरियाको आर्थिक मन्दिले कृषि क्षेत्रमा मात्र नभएर उत्पादन मुलक क्षेत्रमा पनि उतिकै असर गरेको देखिन्थ्यो । त्यसैको प्रभावले होला । धेरैजसो कार्यस्थल बन्द हुँदै थियो । जस्को कारण हाम्रो कम्पनीमा पनि बिस्तारै काम हुन छोड्दै थियो । सदाको जस्तै काम नभए पछि कम्पनी मालिकले नयावर्षको सुभकामना सङ्गै हातमा खाम थमाएर बिदा दियो । त्यसैले हिजो नै सउल आएको थिएँ म ।

मेरा अत्यन्तै मिलानसार मित्रहरू बिमल सिङ तामाङ र अर्जुन । हामी साथीभन्दा अँझ नजिक परिवार जस्तै भएका थियौँ । मेरा लागि त झन अबिभावकको भूमिकामा पनि हुनुहुन्थ्यो । धेरै पछि, छुसक(कोरियनहरूको महान चाड) पछि भेटेका थियौँ । मनभन्दा पनि हलुङ्ग गरी वर्षाएका आकासको काँचुली सेता हिँउको कारण अलिका बडि नै जाडो महसुस गर्यौँ । त्यसैले घुम्न जाने नयाँ योजनाहरू बनिएन । बरु तिनै समिपका मित्रहरूसँग भेट्ने योजना हामी अघि उभियो ।

तामाङ्हरूको महान चाड सोनाम लोसार कोरियाको नयाँ वर्षाको दोस्रोदिन परेको थियो । सधैं यसरी नै पर्छ कि यो वर्षमात्र परेको थियो यो कुरामा भने म अनबिज्ञ थिएँ । विश्वमा तामाङहरू दिनै पिच्छे थपिदै छन् । त्यस्तै कोरियामा पनि थपिने क्रम जारी छ । अन्य मुलुकको दाँजोमा कोरियामा केही त्यस्ता व्यक्तिहरू पनि रोजगारका लागि आएका छन् जो नेपालमा कुनै सकृया भूमिका रहेका हुन्छन् । त्यस्तै सकृया व्यक्तिहरूको एक जमात रहेछ तामङ सङ्घ । तिनै तामाङ सङ्घले सोनाम लोसारको उपलक्ष्यमा लोसार विशेष कार्यक्रम राखेको थियो । मित्र अर्जुन अर्को मित्रलाई भेट्न छुटेको कारण हामी बिमल र म तिनै बन्द कोठा भित्र लाग्यौँ ।

अगाडि स्टेज सजाइएको थियो । धेरै जसो तामाङहरू तामाङ भेषमा उभिएका थिए । साँचै आफ्नै भेषमा सजिएका मान्छेहरू देख्दा मन कति प्रफुल्लित भएर चिच्यायो । चिच्याहाट मनबाट फुत्किएर ओठको माध्याम हुँदै बाहिरियो । “आहा वास्तविक तामाङहरू त यहाँ पो रहेछ्न् ।”

औपचारिक कार्यक्रमको दौरानमा कयौँ तामङ भेषमा सजिएका टाउकाहरू सम्मानित भए । कति शरीर माथि टाउकालाई थामाएर राखेका घाँटिहरू खादाले बाँधिए । कति हातहरूले सम्मान पत्र थापे त कति हातहरूले तिनैपत्र थमाई दिए । सम्मान नपाएका टाउका र शरीरका हातहरू भने तिनै सम्मानित टाउकाका हातसङग जोडिएर एकैछिन् मुस्काए । यिनै अमूल्य दृस्यलाई कैद गर्न कति आँखाहरू क्यामेराका लेन्सबाट चिह्याका देखिन्थे भने कति औलाहरू आफ्ना मोबाईल र फेसबुकमा दौडिरहेको देखिन्थ्यो । मैले पनि तिनै चित्रलाई अनलाइन रेडियो गोर्खालीबाट प्रत्यक्ष देखाउन र सुनाउन ठूलो कोसिस गरेँ तर प्राबिधिक अप्ठ्यारले देखाउन र सुनाउन सकिन । खिन्न हुँदै आफ्नो सानो मोबाईल झिकेर पर्दा खोलेँ तर त्यो भव्य र सब्य माहोल मोबाईलको स्कृनभरी अटाउन सकेन । कैद नगरेरै मोबाईल खल्तीमा घुसाएँ । चुपचाप तिघ्राको न्यानोमा निदायो मेरो सानो मोबाईल ।

अनौपचारिक कार्यक्रमको दौरानमा तिनै तामाङ भेषमा सजिएका टाउकाहरू आफ्ना मुहारको बीच केन्द्रको ओठबाट भाका निकाल्दै दुई खुट्टाका सहारामा एक अर्काको हात समाउदै प्रेम पूर्ण नाच नाच्दै थियो । स्टेजबाट म्हेन्दोमाया ईतिहासिक तामाङ गीतमा गायक आफ्नो स्वर मिसाउदै थिए । कम्मरहरू छिनिदै थिए । पैतलाहरू उफ्र्दै थिए । टाउकाहरू हल्लिदै थिए । ओठहरू चिच्याउदै थिए ।

………………

भीडमा दुवै शरीरहरू हल्लिदै थिए- स्त्री र पुरुष शरीर । कति पुरुष शरीर स्त्री शरीरसङग स्पर्श गर्न आतुर देखिन्थे र नाचेको बाहानामा नजिक पुग्थे । स्त्री शरीर अलि हट्थे । क्रम चली राख्यो । अन्तत स्त्री शरीर सर्न छोड्यो र पुरुष शरीरलाई आफ्नो शरीर स्पर्श गर्न अनुमती दियो । आफ्ना सुकोमल हातहरूमा स्पर्षको आनन्द सिन्चित पार्दै धेरै शरिरहरू नाच्दै थिए । कुन्नि तिनै शरिरहरूलाई स्पर्शको आनन्द कति आयो मैले भने हेरेर नै उनीहरूकोभन्दा दुई गुणा बढी आनन्द लिएँ । म आनन्द लिँदै थिएँ । हाम्रै अघि एक पुरुष शरीर ठिङ्ग उभियो । उभिने बितिकै मित्र बिमलले हात तानिहाल्यो । लाग्यो कुनै चिनेको मान्छे होला । लाग्नु स्वभाविक पनि थियो किनकि बिमलजी बारम्बार आफ्नो मोबाईलबाट थरीथरिका पुरुष अवाजलाई डाक्थ्यो ।

अमर सरोबर उभिएरै आफ्नो नाम तेर्साए । सन्तलाल तामाङ तर मलाई यो नामलेभन्दा यामदास घायाल सन्तलाल भनेर धेरैले चिन्दा रहेछन् । पाइन्टको खल्तीको न्यानोमा निदाइराखेको हात हावामा उहाँको हातमा जोडिदिदै भनेँ । बाँकी दुवैको चिन्जान भने बिमल जिले गरिदिनु भो । सहित्य आकासमा पिङ खेल्दै गरेका एक नबोमित्र सङ्गको भेट्ले साँचै आनन्द तुल्यायो । तत्कालाई आफ्नो मोबाईल तेर्स्याएर नाम लेख्न अनुरोध गर्नु भो । फेसबुकमा आफ्नो नामलाई चढाए पछि बाँकीकुरा फेसबुकबाटै हेर्न जिम्मा दिँदै म त्यै भीड्मा मिसिएँ जहाँ दुई शरीरहरू स्पर्शको आनन्द लिदै थिए ।

घडीले लगभग ७ बज्न लागेको सङ्केत दिएकोले हामीले बाहिरीयौँ । बहिरा निस्कदा झोक्काका झोक्का चिसो बतास हामीलाई कुरी राखेका रहेछन् र हामी निस्कने बितिकै शरीरभरी प्यारले चुम्न थाले । हामीले भने साह्रै चिसो महसुस गर्यौँ ।

कोरियाको मह्ङ्गी त्यसमाथि झन चाडको बेला । एक रातलाई कोठा भाडामा दिने मोठेलहरू मानिसहरूले भरी भराउ थिए । जुन होटेल छिरे पनि उतिकै चाप । कोठा पाउन एकदम मुस्किले लाग्दै थियो । हरेक मोठेलहरू उतिकै भरेका थिए । नबुझ्ने भाषामा कोठा खाली नभएको सङ्केत गर्थ्यो होटल मालिकहरू हामी बुझे झैँ गरी आफ्ना गरुङ्गो टाउका हलाउँदै धन्यवाद दिँदै फर्कन्थ्यौँ । धेरै होटल चाहार्यौँ र सबैमा उस्तै ढङ्गले टाउका निहुराउदै धन्यवाद दियौँ । तर अच्चम धन्यवाद किन दियौँ ? कोठा नदिएकोमा कि बोले बापत ? मित्र बिमलले कुन्नि किन दिए मैले चाहिँ तिनै गोरा मान्छेका पद्चाप पछ्याएर दिएँ । किनकि यहाँ बोलेपछि वा कुनै काम गरिदिए बापत धन्यवाद दिने राम्रो चलन छ । नेपालमा भने कहिल्यै धन्यवाद पाइन र दिइन पनि ।

धेरै चाहारिए पछि बल्ल एउटा होटलमा सानो कोठा मिल्यो । घुचुमुचु परेको । मुसाका एक बथानलाई सुहाउने कोठा । तर हुन्न भनौ भनेपनि त्यत्रो जाडोमा त्यत्रो मेहनतले पाएको । हुन्छ भनौ त छुचुन्द्रलाई र मुसालाई पार्टी गर्न सुहाउने कोठा पचासहजार वोन (नेपाली पाँचहजार)मा तैपनि बाहिराको ठन्डीसँग आतिएर ‘हुन्छ’ भन्यौँ । होटल मालिक त मख्ख परेको देखिन्थ्यो । हामी भने खिन्न भयौँ । कोठामा पुगेर रिस र थकान दुवै बिसायौँ शरीरसङ्गै ।

२८ जनवरी, सनिबार

भाले, कुखुराको धर्मपति । एका बिहानै चिच्यौथ्यो र बिहानको सङ्केत दिन्थ्यो । यो नै हाम्रो गाउघरको विशेषता थियो । आमाले कहिल्यै घडी बाँध्नु हुन्नथ्यो तर समयको ख्याल उहाँले जति कसैले गर्थेन हाम्रो घरमा । तर यहाँ आमालेभन्दा मैले बढी समयको ख्याल गर्छु होला जस्तो लाग्छ । आमासँग एक पटक आफूलाई दाझेँ । हैन बराबर होला । आमा र म हामी दुवै घडी बाँध्दैनौँ तर पनि समयको उतिकै ख्याल गर्छौँ । फरक यति हो । उहाँलाई भाले र बनचराले समयको सङ्केत गर्छ मलाई मेरै मोबाईलले । आमालाई भालेले ब्यूँझाए जस्तै मलाई मेरै मोबाईलको आर्लमले बिँउझायो । एकैछिन् पछि बिमल जिको मोबाईल पनि चिच्यायो । तब मात्र थाहा पाएँ बिमल जिलाई पनि आर्लमले नै ब्यूँझाँउदो रहेछ ।

पछि पो थहा पाएँ उहाँ पनि घडी बन्नुहुन्न रैछ ।

होटलमा नै बानाएको योजना अनुसार बिमल जिको एक नयाँ मित्र र बाँकी अनलाइन रेडियो गोर्खालिका सन्चालक समितिको अध्यक्ष सुन्दर सुवेदी, फोनिजकोरियाका स्तम्भकार गोकुल थोकर तथा अन्य केही मित्रलाई भेट्ने समय माग्यौँ । सुरुमा नयाँ मित्रलाई भेट्यौँ उहाँ गौतम लामा रहेछ । तामाङको नाम नै गौतम सुनेर म त छ्क्क परेँ र नाम राख्नुको कारण सोधेँ । जबाफ नपाए पनि मैले यो नाम सुईकार गर्नैपर्थ्यो किनकि उहाँको नाम नै गौतम थियो । उहाँलाई भेटेर नेपालीहरूको सहर दोङ्देमुन आइपुग्दासम्म आधादिन गएको थियो । बाँकी भेटघाटलाई रोकेर नेपाली खाना खाने हुटुहुटिलाई मेटाउन नमस्ते रेस्टुरेण्ट छिर्यौँ ।

चारैतिर खुल्ला चौर । बीचमा ठडाइएको कोरियाको पुरानो सैलिको घर उभिएको सुन्दर दृस्यलाई पछाडि पार्दै फोनिजकोरियाको स्तम्भकार गोकुल थोकरसँग उभिएर उहाँकै मोबाईलमा त्यो क्षणलाई कैद गर्यौँ । मोटा मान्छेहरूका माझमा म सानो मान्छेलाई नसुहाए पनि जबर्जस्ती क्यामेराले त्यो क्षणलाई बचत गरिदियो । त्यो क्षणलाई बचत गर्न हाम्रै अगाडि उभिएर चिसो पबनमा आफ्ना सुकोमल बाहुलीले क्यामेराको बटम दबाई दिनु भएकोमा गोकुल सरले उहाकै धर्मपत्निलाई धन्यवाद दिनुभयो । तर हामी सबैले भने धन्यवाद दिनै बिर्सेछौँ । गोरामान्छेहरूको सिको गर्दै झुक्नेसिर आफ्नै मान्छेहरूकोसामु झुक्न अँझै जानेको रहेनछ । सोचेँ, कोरियाको सिद्धान्त र गोराहरूबाट अँझै धेरै सिक्न र बानी पार्न बाँकिरहेछ ।

बिहान पूर्वको पहाडको सिरबाट उकालो चढ्दै गरेको देखिएको पारिलो घाम पश्चिम पुगेर मलिनो हुँदै डाँडबाट तल ओर्ल्दै गरेको प्रष्टै देखिन्थ्यो । सायद घामको जवानी मधुर भएको मौका छोपेका होलान् । बतासले चिसो पवनलाई बहाइरहेको थियो । आफ्नो बजनभन्दा पनि गह्रुङ्गो कपडाहरूलाई छेडेर पवनले न्यानो शरीरलाई छुन थालेपछि हामी छुट्टियौँ । भन्नू नै पर्ने कुराहरू हामी सबैले गर्यौँ या गरेनौँ तर भेटिनुको उमङ्ग लिएर भने फर्कियौँ । मनमनै ब्यस्तताको बाबुजुत पनि समय दिनुभएकोमा गोकुलजी प्रति अभारी भइरहेँ भने सँकर नेपाल, रामदत्त(नेपालको राम) र सुन्दर सुबेदिसँग भेट्न नसकेकोमा खल्लो पनि सङगै महसुस गरेँ

२९ जनवरी, आईतबार
मनभन्दा पनि हलुङ्गा, सपनाभन्दा पनि मोहक । मलाई लाग्थ्यो मनभन्दा हलुङ्गो केही हुन्न । कति हलुङ्गो छ मन र त कहिले म बोक्छु त कहिले प्रेमिका । यही एउटै मन हामी पालैले बोक्छौँ । एकैछिनमा उडेर नेपाल पुग्छ फेरि तत्कालै कोरिया आइपुग्छ । अनि यो हलुङ्गो हैन र ? नत्र कसरी हावाभन्दा नि चाडो घुम्न सक्छ ? विचार गर्दागर्दै तिनै मनलाई हलुङ्गोतामा जित्दै हावामा नाच्दै झरेको हिँउले बाटोभरी आफ्नो हाईकम जमाइसकेको थियो । सेतामे थिए बाटाहरू, अनि तिनै बाटामा रङ्गिएर हिनेका मान्छेहरू पनि सेत्त्तामे देखिन्थे । पुरै सहर सेत्तामे देखिन्थे । घरका छतभरी, सानो घरहरूका छानो भरी, रेल स्टेसन, बस स्टेसन, सडक, रुख, भित्ता जत्त्तततै हिँउ झुन्डिएको देखिन्थ्यो । रुखमा पो झन मोहक देखिने रहेछ । मान्छे जस्तै, जनावर जस्तै, कति त कुन्नि के के अङ्गजस्ता, विभिन्न आकृति बनाएर झुन्डिदिएको थियो रुखैभरी । कति मोहक हेरिरहौँ जस्तो । कति मज्जा, जिस्किरहौँ जस्तो । मित्रहरूले त आफ्नो पछाडि तिनै सेत्त्तामे चित्रलाई राखेर आफ्नो तस्वीर खिचाए । मैले भने आफ्नै छातीभरी खिचिदै हिनिरहेँ । बाहिराको सबैसबै तिनै रोमन्चित हिँउका फुरराहरू र दृस्यहरूलाई । रेलले योङ्सान रेल स्टेसनसम्म नपुर्याएसम्म ।

मित्र तथा दाजु अर्जुन जिले नयाँ मोबाईल बोक्ने रहर गर्नु भो । त्यसैले हामी तिनैजना आएका थियौँ योङ्सान् । जति सक्दो चाँडो किनेर पुन: दोङ्देमुन जानु थियो । किनकि सबैभन्दा भेट्नै पर्ने व्यक्तिहरूलाई भेट्नै छुट्टाका थियौँ । सुन्दर जिले दिउँसो दुई बजेसम्मको समय दिनु भो । त्यसैले हामी हतारिदै पसल चाहार्दै हिन्यौँ । मोबाईल पसलहरू सबैमा मान्छेको उतिकै चाप थियो । प्राय: बिदेशिनै थिए । खुट्टालाई अढ्याएर यसो उभिन खोजे अर्कोबाट अर्कोले ठेल्दिन्थे । तिनै बीचमा पनि पसल भित्रबाट गोरा युबतिहरूले मिठोस्वरमा बोलाईहाल्थिन्-” दाइ, कुन मोबाईल खोज्नु भाको ?”

सायद यो समय ग्राहक धेरै हुने भएरै होला । प्रत्यक पसलमा सबै देशका युबतिहरूलाई राखेका हुने रहेछ । केहीले भने युवकलाई पनि राख्दा रहेछन् । पर कुनामा अलिका मान्छे धेरै नभएको देखेर उतै हानियौँ । हामी आएको देखेर हो या सामान किनिसकेर हो ती मान्छेहरू लागे । हामी पुग्ने बितिकै कलिलो मुहारमा मुस्कान भर्दै अनोरोध गरी नेपाली युवतीले । केही क्षण मोबाईलहरूलाई ओल्टाई पल्टाई गरेपछि मोल नमिलेर छोडेर हिन्यौँ । धेरै ठाउमा हिन्यौँ, हेर्यौँ तर हामीले खोजेको मूल्यमा पाएनौँ । थकान र भोकले लखतरान भए पछि एउटा पसलमा छिर्यौँ र उनीहरूकै मूल्यमा लियौँ ।

त्यति ठूलो टेक्नोमार्ट हामीले खुब घुमेछौँ तर जति घुमे पनि त्यै पुरानै ठाउँमा आइपुग्थ्यो । तिनै युवती जस्ले सुरुमै मोबाईल देखाकी थिई तिनीले भने बारम्बार भनिरही “तपाईहरू अँझै घुम्दै हुनुहुन्छ ?” हामी भने धेरै ठाउँ घुमेको महासुस गर्दै थियौँ । जाने बेलामा अलिका मुख बङ्ग्याएर दुखेसो पोखी ‘ हाम्रोमा आज त्यति व्यापार भाको थेन । तपाईहरूले नि लिनु भएन । ’ हामीले आफूसङ्गको सबै समस्या सुनायौँ । उनीको समस्या सुनेपछि भने साँचै कोरियामा विद्यार्थीहरूको बिजोग रहेको कुरा प्रष्ट थाहा पाईयो । त्यसैले कोरियामा पढ्ने बहानामा कमाउने सपना देखेर नआउन सल्लाह कोरिया आउन चाहानेलाई दिने बाचाका साथ हामी निस्क्यौँ ।

काला रातले चारैतिर अध्याँरो पारेको रहेछ । हामीले त मोबाईल खोज्दा खोज्दै समयको त ख्यालै गरेन छौँ । दुई बजे भेट्ने बाचा दिएको म सात बजे त्यहाँबाट निस्किएँ । हत्तपत्त सुन्दर सरलाई फोन हानेर माफी मागेँ र भोलि भेट्ने अर्को बाचा दिएँ । माफी पाएकोमा म त खुसी भएँ तर सुन्दर सरको अवाजमा भने दुख स्वर सुनिरहेको थिएँ ।

साथीहरूले मेरोमा जाने ईछ्या पोखाएको कारण आजको बास मेरो होस्टेलमा गर्ने योजनाको साथ रेल चढयौँ । खाम्ब्याङ स्टेसनतिर कुदिरहेको रेलले ती नेपाली युवती र योङ्सान टेक्नोमार्टलाई पछाडि छोडेर हामीलाई बोकेर दौडिरह्यो ।

सधैं १११३-२ नम्बरको बस चढेर होस्टेल जान्थेँ म । यदि यता घुम्न आए ।

पानी परिरहेको थियो भने पानीसङ्गै हिँउका कणहरू पनि फिलिङ मार्दै हामी माथि खनिदै थियो । १११३-२ को गाडीको लागि अँझै ४५ मिनट कुर्नु पर्ने जानाकरी डिस्प्ले बक्समा आईराखेको बेला एक्कासि १११३-१ नम्बरको गाडी हाम्रैसामु रोकियो । ख्वाङ्जु गएको बेला E-mart अघिबाट दौडेको देखेकै भरमा मैले साथीहरूलाई त्यसैमा चढाएँ । सिटमा आफूलाई राख्दै गर्दा पो थाहा पायौँ हिउँ र पानीले हामीलाई निथ्रुक्क पारिसकेछ ।

बि.पि. कोइरालाका उपन्यास ‘सुम्निमा’ केहीदिन अघिमात्र ई- पुस्तकालयबाट डाउनलोड गरेर मोबाइलमा बोकेको थिएँ । अलिका फुर्सद हुने बितिकै हेर्ने बानी सुरु भएको पनि केहीदिन मात्र भएको थियो । त्यसैले सुम्निमालाई पल्टाएँ मैले । बस आफ्नै रफ्तारमा गन्तव्यतिर दौडदै थियो । बीचबीचमा नबुझिने भाषामा स्टेशनको नाम पनि बताउथ्यो । लगभग डेढ घण्टाको यात्र गरेपछि मित्रहरूले गुनासो गर्न लागे । ‘हैन ४५ मिनटको बाटो भनेर ४ घन्टा कुदाउने ?’ म भने ढुक्क थिएँ किनकि अन्तिम गन्त्यब नै हामी ओर्लने ठाउँ भनेर । किनकि १११३-२ नम्बरको बसले सधैं त्यै गर्थ्यो । पुन: सुम्निमा तिरै झुकिएँ किनकि सोमदत्तले सुम्निमाको कुमारित्व समर्पणलाई के गर्ने छ ? हेर्नू थियो ।

साथीले कोरियनसँग सोधिहालेछ । यो कुन स्टेसन हो ? ख्वाङ्जु कहाँ पर्छ ? कोरियनले कटेर धेरै अघि आइसक्योभन्दा पो झस्किएँ । हतारिदै आउने स्टेसनमा ओर्लियौँ । सुम्निमाले सोमदत्तकोसामु आफ्नो भखरै मौलिएको शरीरलाई देखाइरहि । कुन्नि सोमदत्तले आँखा खोलेर हेर्यो या हेरेन मेरो आँखसामु भने सुम्निमाको नाङ्गो शरीर नाचिरह्यो ।

हिउँ बाक्लो सङ्गै परेको रहेछ । अघिसम्म न्यानो बनाउदै खुट्टाभरी अडिएका जुत्त्ताले कहिल्य चिप्लाएर लडाउन खोज्थ्यो त कहिले हिँउभित्र गाढिएर निस्कनै मान्दैन थियो । झन त्यहीबेला बतासले पनि हिँउकै पक्षमा बहिदिदै थिए चिसो सिरोट बनेर । गाडीहरूको चापलाई चुनौती दिदै बिना जेब्राक्रसिङ हामीले पारी पुग्यौँ । बाटो काटेर पर पुग्दा छातीले नालापानीको युद्धमा जित हाँसिल गरेका काजि कालु पाँडेका सम्झना दिलायो किनकि त्यत्रा गाडीहरू र चिप्लो हिँउसँग युद्ध गरेर पारि पुग्यौँ । पारी पुगेपछि पो मस्तिष्कले झट्ट बिँउझायो । “यो अनाकन्टर ठाउँमा गाडीले हानेर मारेको भा ? न क्यामारा न घाम ? तिमीहरूको समचारसम्म कसैले लादैन थियो ।”

होस्टेल आई पुग्दा लगभग १ बजेको थियो ।

३० जनवरी, सोमबार
सुम्निमाले सोमदत्तलाई आफ्नो छात्तिमा टाँसी । भखरै उमृना लागेका छातीमा टाँस्दा पनि सोमदत्त सुम्निमालाई पाप नगर भन्दै थिए । सोमदत्तको असुईकारको चर्को स्वरसङ्गै बिमल जिले आफ्नो स्वर मिसाउदै मलाई उठाउनु भो । “लौ है अब त जानू पर्छ । हामी त पुग्दैनौँ नत्र त ।” सुम्निमा सोमदत्तसँग रिसाई या के गरिन् कुन्नि मलाई भने सपनमा नै सबै उपन्यास देखिने रैछ अलि बढी सुते । बिँउझाएर पुस्तक पढन बाध्या बनाए झैँ लाग्यो । र खल्लिदै निस्कियौँ साथीहरूलाई पुर्यौन ।

हिजोको हिंउले बाटाहरू चिप्लो मात्र बनाएनछ । चिसो झन बढाएछ । सधैं झैँ ब्यस्त हुने बाटाहरू सुन्सान थियो । सधैं दस मिनट्को फरकमा बस आउने बाटोमा बस नै गुडिन छोडेछ । दुई घण्टाको प्रतिक्षमा पनि बस त के एउटा ट्याक्सीसम्म आएन । हिनेर पर पुग्यौँ र बल्ल भेटिएको ट्याक्सीमा चढाएर मित्रहरूलाई पठाएर बिछोडिनुको पीडाको भारी बोकेर फर्कियौँ । फर्कदै गर्दा यहाँको स्थितिको जानाकारी दिदै पुन: सुन्दर जिसँग माफी माग्यौँ र अरु कुनै दिन अवश्य भेट्ने अर्को बाचा छोडेँ ।

हामीले यसरी मनायौँ गोराहरूको चाड । आफ्नै देशमा रहंदा दशैँ, तिहार जस्ता चाडलाई पनि उस्को र मेरो भनेर बाँझियौँ । लोसार मनाउदा अर्को थरिले मन खिन्न पारे । दसैँ मनाउदा हामीले । हाम्रा पुर्खा माथि अन्याय गरेको बिरोध रे । हामीले पनि साथ दियौं । तराईमा छ्ठ मनाइरहँदा पहाड र हिमाल रिसायौँ । पहाडमा लोसार र दसैँ मनाउँदा हिमाल रिसायौँ । अरु केही गरेनौँ । केबल आफू भित्रका भाइचारालाई बाईचारामा धकेल्यौँ । इसाइलाई पैसाको होड्मा चलेको धर्म भन्यौँ र कृसमसको दिन बम हान्यौँ । तर यहाँ आएर अरुको चाडमा हामीले जस्तै सबै नेपालीले मिलेर मनायौँ । गोराहरूलेभन्दा बढी खर्च गर्यौँ । कलकार ल्यायौँ र नचायौँ । नृतिङ्गिनी ल्यायौँ र नचायौँ । अनि महिना भरिका कमाईलाई यही चाडको नाममा खर्चियौँ । बिएर पियौँ । रक्सी पियौँ र अँझ नयाँ वर्ष सुखत रहोस भनेर गिलाँस ठोकायौँ । मिठा खायौँ र रमाइलो गर्यौँ ।

यसरी नै हामी नेपालीले नेपालमा पनि एक अरुको सम्मान गर्दै सबै जात, धर्म, वर्ण, वर्ग, लिङ्ग मिलेर एक अरुको चाड र परम्परालाई बाँड्दै मनाए कति सभ्य नेपाल हुन्थ्यो होला है ?

sntllmds@gmail.com
facebook: यामदास घायल ‘सन्तलाल’
twiter: sntllmds

Leave a Reply

Your email address will not be published. Required fields are marked *