Skip to content

मायाले दिएको फुलबुट्टे रुमाल


मायाले दिएको फुलबुट्टे रुमाल समाली राखौला
तिम्रो र मेरो मायाको चिनो जुनीभर साँचौला ।।

मायाको गाउँ हेरौला भन्थे डाँडाले छेकियो
संयोगले होला रानी वन जाँदा एक झल्को देखियो ।।

मायाको तसवीर राखेकी थिएँ कम्प्युटर नेटैमा
तेइ पनि मैले उनैलाइदिएँ पछिल्लो भेटैमा ।।

हलेसी मादेव नजिकै थियो सुनकोसी तर्दैमा
तिम्रो र मेरो पिरती बस्यो ख्यालठट्टा गर्दैमा ।।

सुनकोसी नदी तरेर हामी उकालो जाँदैमा
यो हाम्रो माया नछुटोस् कैल्यै अलग्गै हुँदैमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *