१
सोध्दा जवाफ
हिड्ला कि त तर्केर
सोध्नै डराएँ
२
बनिरहें म
कसैको इसारामा
कठपुतली
३
आइन्दा त्यसो
छैन गर्ने भनेर
कसम खाएँ
४
भई निराश
आएन भन्दै पालो
कुरी बस्दैछु
५
नगर हेर
धेरै यता र उति
होला पछुतो
६
दोषी म मात्र?
सहमति मै भा’को
भयो अन्याय
७
लाग्दैन डर
बन्दैछौ किन राम्रो
नराम्रो गरी
८
मिलेरै अधि
बढनु मै सबको
हुन्छ भलाइ
९
लिने र दिने
दुवै शत्रु देशको
घुस भनेको
१०
किन लाउँछ
हाम्रा ट्राफिक टाई
मुख छाड्न नै
११
संसदमा नै
‘लज्जास्पद घटना’
सार्है नजाती
१२
ए भष्टचारी
थुक्न नि मन छैन
यता नफर्की
१३
मुटु मागिन
झिकि दिएँ खसीको
थाहा पाइन
१४
इमान्दार त्यो
केराउ छोडाउदा
खान्न एउटै
१५
भारी भो छाती
आफ्नै भए नि मन
सुन्दैन मेरो
१६
पराई भयो
आफ्नै मेरो यो मन
तिमी भेटेर
१७
सुध्रेन अँझै
छाडेन बदमासी
नेता बन्ने भो
१८
किन डरा’को
पराकम्पन पो त
हो र भूकम्प ?
१९
म चै तिम्रोमा
तिमी मेरो ठाउँमा
आँट्ने हो प्रभु
२०
अहिले घडी
उहिले हस्ताक्षर
चोर्ने आदत
२१
सानै देखिको
बानी पो रै’छ चोर्ने
जान्न सजिलै
२२
दिएँ सापट
पर्दा धेरै आपत
थकथक भो
२३
घट्ला भनेको
बडिरहेछ पीडा
कसो गरूँ म
२४
मुखमा वुद्ध
मन भने अशुद्ध
कसै कसैको
२५
तान्दा तान्दै यो
कम जिन्दगीसँगै
चूरोट बिडीं
२६
नाकको टप
झरेर नाईटोमा
फेसन रै’छ
२७
ढुंगा बोल्ला रे
बोल्दिन रे म कै’ले
गुनासो मात्रै
२८
पारेर गई
उथलपुथल नै
मेरो जिन्दगी
२९
देश हाम्रो यो
टुक्रा पार्न खोज्दैछ
मन मान्दैन
३०
नजाओस् है
जाम परेको बेला
भूईचालो त
