Skip to content

ति पुरुश जो आफुलाई
खान्दानी बाबुसाहेब सँझन्छन
र महिला लाई पुस्ताउनी सुसारे
भिराएर पोतेको गलपासो
कोरेर सिन्दुर को सिमा रेखा
एक घर बाट अर्को घर मा
खरिद बिक्री
क्रय बिक्रय
पुस्तौँ देखी ईमान्दार नोकर बनाएर
बफादार स्वास्नि बनाएर
त्यै पुरुश को पाउ मोलाए
त्यै पुरुश को गुणगान बकाए
र आफ्ना सारा पिडा पैताला मुनी राखेर
ति अबोध स्वास्नी हरु लुरु लुरु पछ्याई रहे
एउटा अभिमानी पुरुश लाई !

मर्द हुनु को अर्थ
स्वास्नी कज्याउँनु हो भनेर पढायो यो समाज ले
सयौ परस्त्री गमन गरे पनि
पुरुश चोखो सुद्ध
कहिल्यै बिटुलिएन
परपुरुश सँग महिला दाँत देखाएर हास्दा पनि
र मन खोलेर बोल्दा पनि
उ चरित्र हिन भई
बेस्या भई
खै त न्याय ?
किताब का ठेली ले र कानुन का धारा उपधारा ले
महिला अधिकार को पाठ पढाए
एन जिओ आईएनजीओ का
पाँचतारे तिर गोस्टी सेमिनार भए !
ति नै धनी भए ति नै सम्पन्न भए !!
महिला अधीकार का नारा अलाप्ने हरु
तिन तिन श्रीमती का मालिक भए र
क्रमश नोकर थप्दै गए !
र भन्दै गए नारी देबी हुन !
नारी माता हुन !
ऐ ऐ.
र पत्याउदै गए पुर्बआधुनीक युग का महिला हरु !

समाज उस्तै छ सिन्को परिबर्तन छैन !
देश उस्तै छ रौँ बिकाश छैन
छ त केबल नारा छ
गफ छ
र छ एक पुरुश प्रधान समाज

तोयानाथ पौडेल
सँखुवासभा
हाल मरुभुमी को छाती बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *