Skip to content

दरबारमा बस्नेहरु


दरबारमा बस्नेहरु हाम्रो हाल अएर त हेर
छिद्रै छिद्र परेको पालको गोदाम छाएर त हेर ।

आफ्नो असीमित स्वार्थ पूरा गर्नमा घात गर्नेहरु
हाम्रै जस्तो दुःख र वेदनाको गीत गाएर त हेर ।।

आँधीबेरीले अहिल्यै सक्छ सडक छाप बनाउन
सक्छौ भने एक रात पालमुनि बिताएर त हेर ।।

असम्भव केही हुन्न हेरे हुन्छ सुन्तली धुर्मुसलाई
समाजसेवामा एकैछिन भएनि आफूलाई लगाएर त हेर ।।

तिम्रो किचेनमा चौरासी व्यन्जन पाकेर के भो हामीलाई
पालमुनिको ताप्केमा सिस्नु ढिँडो पकाएर त हेर ।।

हाम्रो नामको भिक अब ता बाँडिचुडी खाइसक्यौ होला
कममा पनि हाम्रो हालत एक पटक आएर त हेर ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *