‘अनुराग’ जीवनको सौदर्य हो ! ‘माया’ मानव-हृदयको अनुभूत हुने भावमध्ये- सर्वोत्तम भाव हो । एक अर्कोप्रति, मायाभाव नै-विश्व व्यापारको धुरी हो ….! सन्सारमा फूलमाथिको शीतभन्दा ‘स्वच्छ’ अरू केही हुन सक्दैन । माया आनन्दरस पनि हो । ‘अनुभूति’ आनन्द हो मायाको अनुभूतिविना प्रेम सम्भव छैन…..! मानिसलाई जति प्रेमले तान्छ,- प्रकृतिको मनोरम दृश्यले पनि-त्यत्तिकै तान्छ ।
यही हो ‘अभिनव’को जन्म थलो, रमणीय गाउँ । अभिनवको स्कूले जीवन सारै रसिलो प्राकृतिक वातावरणमा बितेको हुन्छ । धरतीभरि कल-कल छहरा, बगिरहेछ ! हरियाली, खुला धरती, नदीको उलिँदो बेग ! बगरको बालुवाको चम्किलो किरण ! यसको प्राकृतिक दृश्य हेरेर मुग्ध नहुने शायद विरलै होलान् । ढकमक्क मौसम अनुसाको फूल फुलिरहेको घरको नजिकै रानीवन ! त्यो आँगनको डिलमा निक्लेर बस्दा बिहानीपख जोतेको बारीको नयाँ माटोको मन्दमन्द सुवास….!
‘अभिनव’ मध्यमवर्गीय परिवारको छोरा थियो । ‘अभिनव’की आमा एक वर्षको छोरोलाई छाडेर परलोक भएकी थिइन् । एकवर्षको छोरा हुर्काउनै पर्यो ! नारी नभएको लथालिङ्ग घर ! श्रीमतीको मृत्युपछि, हरिनाथ विचलित हुन पुग्छन् अर्की श्रीमती विवाह गर्ने वाध्यता आइलाग्यो र सुमतीलाई विवाह गरेर ल्याउँछन् । ‘अभिनव’ले एक चौथाई भए पनि आमाको माया पायो…..! हरिनाथको सम्पत्तिको नाममा, आम्दानीको स्रोत भनेको नै खेतबारीबाट जे उब्जनी हुन्थ्यो ।
त्यही अन्नले एक वर्षसम्म खान र अरू खर्च टार्नु पथ्यो । हरिनाथको सुमतीतर्फबाट एउटी छोरी जन्मिएकी थिई । यस्तै प्रकारबाट- ‘अभिनव’ को एसएलसीको रिजल्ट भर्खरै भएको थियो । ‘अभिनव’- अब के विषय पढने ? कहाँ पढ्ने ? भनेर सोच्दै थियो । एकदिन सबै परिवार खाना खाँदै थिए । हरिनाथले भने ‘अभिनव’ लाई-‘छोरा तँ कलेज चाँहि सहर गएर नै पढेस् । म दुःख सुख तँलाई खर्च जुटाइ दिउँला ! मिहनत गरिस् भने डाक्टर, इञ्जिनियर बन्न सक्लास् ! यदि बनिस् भने-छोरा, मेरो जीवनको ठूलो उपलब्धि र तपस्या पूर्ण हुनेछ । नत्र साधारण भए पनि सहरै गएर पढ् । लौ आजदेखि नै सहर जाने तरखर मिलाउँदै गर’-भन्दै बाहिर दलाको फलैँचामा गएर बसे उनी- ‘सुमती’ को अनुहार भने अन्धकारमय भयो तर हरिनाथको डरले केही बोल्न सकिनन् । भुइँमा गोडा बजार्दै बाहिर कतै निक्लिइन् । हरिनाथले- गाउँको केही खेतहरू बेचेर ‘अभिनव’ लाई पैसा दिए । ‘अभिनव’ बुवाको सपना र आˆनो भविष्यलाई आत्मसात् गरेर सहरमा हिँड्न ठीक पर्छ ! त्यसको भोलिपल्छ आˆनो बाबुलाई झुकेर गोडामा ढोग्दै आशिष लिएर बिदा माग्छ । हरिनाथले त्यति नै खेर सुमतीलाई हेरेर आँखा तर्दै भन्छन्- ‘घरमा गाईको दही छ, बगैँचाबारी भरि फूलहरू छन्, मनमा जे जस्तो भए पनि व्यवहारमा तँलाइ सौतेली देखाउँनै पर्छ ? आजसम्म तँलाई छोरोले आमाकै दर्जा दिएको थियो । छोरोलाई साइतको सगुन खुवाएर पठाएको भए, तेरो के बिग्रन्थ्यो ?’ भन्दै-टुहुरो छोरा, परदेश पहिलो पटक जान लागेको हेर्न नसकी आँसु टलपलाउँदै सुमतीको व्यवहारदेखि हरिनाथ कटमेरो मन लिएर भित्रतिर पस्छन् ! ‘अभिनव’ निन्याउरो अनुहार लगाएर सानी आमापट्टी फर्केर भन्छ्, ”सानीमा, बुबासँग धेरै झगडा नगर्नु होला ! म नभएपछि उहाँलाई एक्लो अनुभव हुनेछ ! अनि बहिनीलाई राम्रोसँग पढाउनु ! म पढिसकेर जागिर खान थालेपछि सहरतिरै बोलाउने छु । ‘सुमती अभिनवलाई हेर्दै आँशु खसाले जस्तो गर्छे ! ‘अभिनव ‘पुलुक्क हेर्छ र सोच्दै हिँड्छ, कालपनिक आँसुहरूको निवारण हुन सक्दैन, प्रतिवाद गर्दा हिँड्ने बेलामा ताण्डव मच्चिन सक्छ ‘भन्दै घरबाट निक्लियो । त्यसपछि ‘अभिनव’, काठमाडौँ सहर पुगेर एकरात गौशालाको धर्मशालामा बस्छ । भोलिपल्ट डेरा खोज्न थाल्छ र कलेज भर्ना हुन्छ, आˆनो बाबुको सपनालाई साकार पार्न ‘अनिभवलाई’ एक्लै कोठामा बस्दाबस्दै दिक्दार लाग्छ ! नयाँ ठाउँ, नयाँ मान्छे ‘ कोही आफूसँग मिल्दो साथी छैनन्, घरबेटीका छोराछोरी पनि सबै विदेशमा पढ्दा रहेछन् । ‘यस्तै के के सोच्दै कोठाबाट निक्लिरहेको थियो पर मन्दिर देख्छ र त्यतै लाग्छ । जव गणेशजीको दर्शन गर्छ, त उसलाई शान्ति अनुभव हुन्छ । पछि ‘अभिनवको दिनचर्या यसरी ने बित्न थाल्यो, सँधै दर्शन गरेर मात्र कलेज जान्थ्यो ।
एक दिन मन्दिरको ढोकाभित्र पस्दै थियो । अचानक आˆनो अगाडि-अति सुन्दर, सुशील केटी देख्छ ! र परिचय पाउन ऊ एकदम लालायित रहन्छ । केही दिनपछि उसले लज्जाउँदै केटीको नाम सोध्छ-केटीले पनि आˆनो नाम रती बताउँछे । त्यस दिनदेखि नियमित रूपमा ‘अभिनव र रतीको मन्दिरमा भेट हुन थाल्छ । ‘ भेटघाटको क्रम चल्दाचल्दै कत्तिखेर तीन वर्ष बितिसकेछ, उनीहरूलाई समय बितेको पत्तै भएन । एकदिन अचानक ‘रतीले भनी ‘अभिनव, मेरो बुबाको सरूवा बाहिर जिल्लामा भयो । मेरो ममी एकदम कमजोर हुनुहुन्छ । मैले छोड्नै मिल्दैन ! म पनि जानुपर्ने भयो । ‘रती पनि एम.बी.ए गर्दै थिई यता-उसले अर्को कलेज टाँसफर गर्नुपर्यो । ‘अभिनव’ फेरि नितान्त एक्लो भयो र जागिर खोज्ने क्रममा -कहिले कता-कहिले कता भौँतारिन थाल्यो । बराबर ‘रती र ‘अभिनव’ फोनमा कुरा त गरिरहन्थे … !
आवाजले मात्र मनलाई कहाँ सन्तुष्ट मिल्थ्यो र ? जब रतीसँग उसको बिछोड भयो तबदेखि ‘अभिनव’ लाई -आफूबाट केही हराए, केही चुँडिएको जस्तो अनुभव हुन थाल्यो । केही महिनापछि उकदिन ‘अभिनवले सहनै नसकेर रतीलाई चिठ्ठी लेख्छः-
प्रिय ‘रती’ जहिलेदेखि तिमीले मलाई भेट्दा मुस्कुराउन सुरू गर्यौ त्यो गणेश -मन्दिरको पवित्र प्राङ्गणमा प्रत्येक साँझ तिमीलाई देखेपछि, खुशी भएथेँ । तिम्रो गुलाफी सलवार कुर्ता, तिम्रो सौम्य रूप, हरदम खुलेको हावासँगै लहराइरहने कपाल, त्यसमाथि ओठमा हल्का मुस्कान-साँच्चै यस्तो लाग्दथ्यो कि -नारीको अप्रतिम सौन्दर्य अनि उसको ‘लावग्य’ हाँस्दै हिँडिरहेछ … । मैले पनि हरदम ‘मानसिक शान्ति’ पाउनको लागि सिद्धिगणेश अर्चना गर्न थाले । अनि साँच्चै गणेशजीले प्रसादको रूपमा मलाई ‘तिमी’ दिनु भएथ्यो । तिम्रो स्वस्थ विचारको चमक तथा राम्रो, व्यक्तित्व कलकलाउँदो कलिलो उमेर-मलाई भने एक्लोपनले अशान्त जीवन सुरू भए झैँ लाग्थ्यो । म घरबाट टाढा तिम्रो सहरका कलेजको पढाई पूरा गर्न आएको थिएँ ।
आत्मीय-साथीको अभावमा तड्पिरहन्थे म भित्र एउटा शङ्का उत्पन्न हुन्थ्यो -कतै यो एकाङ्कीपन मेरो पढाई र भविष्यप्रति हानिकारक त हुनेहैन ? । आफूलाई सम्हाल्न सकिरहेको थिइन मैले छटपटाउँथे, कल्पिन्थेँ र आˆनो बाटोमा आफैँ भट्किरहेथेँ । त्यतिखेर तिमीले मलाई प्रशस्तै सहारा दियौ ! आत्मीयताको साथ । पहिलो प्रेमबाट भाव-विभोर भएर प्रतिक्षामा रहन्थे । एकदिन तिमीले सोधेकी थियौ-‘अभि’ तिमी कुन चीजलाई सर्वाधिक प्रेम गर्छौ ? ‘त्यस समयमा मैले केही जवाफ दिन सकिँन तर अहिले म कुन चीजलाई सर्वाधिक ‘चाहँदो रहेछु’ भन्ने सम्झिसकेको र बुझिसेको छु । त्यो सिर्फ तिमी हौ जस्तो सुल्झेको सङ्लो विचारभएकी मायाको प्रतिमूर्तिले-हरपल मलाई उत्साहको जल छर्किरहन्थ्यौ । तिम्रो साहराले नै आज इन्जिनियरीङ्ग पास गर्न सफल भएँ … । यतिखेर यौवनको परिपूर्णता प्रतिदिन ममा हुर्किएर फक्रिरहेछ । म त्यसैलाई शङ्का -उपशङ्काको दृष्टिले हेर्थे मायामा यति ठूलो शक्ति हुँदोरहेछ । तर अपसोस ! माया के हो भनेर बुझ्दा र म कसलाई चाहँदो रहेछु भनेर, अनुभूति भइसक्दा तिमी मबाट कैयौँ कोस पर पुगिसकिछ्यैं ! यति बेला मेरो अवस्था रती, बल्छीमा माछा, फसेपछि-जसरी छट्पटिन्छ म त्यसरी नै छटपटिएको छु, मलाई जब तिम्रो यादले मुटु कोतर्न थाल्छ । तब यस्ता अनुभूति एकपछि अर्को गर्दै-आँखाको डिलमै बस्न आउँछन् । यति बेरा मेरो अवस्था-कसैले माछालाई बल्छीमा फसाएर स्नेहजलले भरिएको जलाशयबाट उसलाई निकालेर कतै मरूभूमिको बालुवामा लगिरहेको जस्तो अनुभूति भइरहेछ … । तिम्रो यादको निलो पर्दाले घुम्लुङ्ग ढाकिदिन्छ मलाई म अचानक अतालिनु पुग्छु र सम्झिन थाल्छु ।
आज म बुझ्दै छु । प्रेम दिव्य-भाव रहेछ । अँध्यारोमा पनि उज्यालो आभास पाइँदोरहेछ यसमा । ‘रती’ फेरि त्यो हाँसिरहने आनन्दविभोर गराउने सपना- सुन्दरीलाई हेर्नु छ झन् कोपिलाबाट फक्रिएर सुकुमारी फूल भयौ होला तिमी । म चाहन्छु-तिमी साँझको आरतीको दीपझैँ धपक्कै बलेर -साँझको अवसरमा त्यही गणेशमन्दिरमा आऊ म पनि तिम्रो प्रतिक्षामा मन्दिरको खुड्किलामा कुरिरहन्छु फेरि एकपल्ट एकसाथ पूजा-अर्चना गरेर आˆनो भविष्यको तस्विर खिचौँ हामी । भन, तिमी आउँछौ ? मेरो स्नेहले तिम्रो प्रतिक्षामा परेला बिछाइ रहनेछु । त्यसपछि म तिमीलाई साथै लिएर मेरा जन्मदाता बुबाको दर्शन गरेर मेरो भविष्यप्रति सचेत भइदिएकोमा उहाँप्रति आभार व्यक्त गर्नेछु .. ! पत्र लेखिसकेपछि ‘अभिनव निदाउँछ । सपनामा उसले रतीले अरूसितै विवाह गरेको देख्छ ब्यूँझिएपछि ऊ चिन्तित बन्दै सोच्न थाल्छ मैले चिठ्ठीमा पोखेको प्रेम निरर्थक हुने हुने त हैन … !

Verry Good………….
Verry Good………….
this article is very good
this article is very good