Skip to content


बसिरहें धुमधुमती, अटेरै गरेर
बल्ल चाल पाएँ, एक्लो परेर
हो होइन आउने फर्केर, कुन्नि
आउला भन्ने आशमै छु फर्केर

बढिरहे धुकधुकी, ब्यस्तै भएर
पीडा बल्ल बुझें, सहन नसकेर
हो होइन सम्बन्ध सुध्रने, कुन्नि
सुध्रला भनेर, म बस्दै छु पर्खेर

तड्पिरहें, खुलदुली बढ्दै गएर
आँसुको मोल जानें, मेरो झरेर
हो होइन भन्या मान्दिने, कुन्नि
नमान्ला कि भनि, कुर्दैछु तर्सेर

गरिरहें हड्बडी, हुने के चै भनेर
बिवशता था भो, लाचार बनेर
हो होइन क्षमादान दिने, कुन्नि
गर्ला नि त क्षमा, आफ्नु संझेर

Leave a Reply

Your email address will not be published. Required fields are marked *