Skip to content

ऊर्जा दियौ मलाई


ऊर्जा दियौ मलाई बाँच्ने रहर पलायो
मानौ कि वैलिएको यो फूल चल्मलायो ।।

बाँच्नै थिएन आशा इच्छाहरु जगायौ
आस्था पलाइ आयो विश्वास जुर्मुरायो ।।

उर्लेछ बाढी यस्तो पानी परी अचानक्
छाती भरी भरीको माया यतै सुसायो ।।

मनमा परेर चिन्ता रोइरहेछु धेरै
थाम्नै सकिन्न जस्तै आँखा यसै रसायो ।।

दिउसै भयो अँध्यारो कस्तो अचम्म हो यो
माया म भुल्छु भन्थे फर्केर फेरि आयोे ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *