Skip to content

भन्छन् सबै

SubashBibhas


भन्छन् सबैभित्र यहाँ स्वार्थ लुकेको छ ।
कस्ले बुझ्छ कस्को यहाँ जीवन दुखेको छ ।

गर्नेहरू हा हा हि हि सबै ठूला कहलिए
निर्धो हुने सोझो बन्ने उही नै त झुकेको छ ।

बाङ्गा बाठा माथि चढे धेरै धेरै मोटाए
गरिब दुःखी मारमा जसको पेट सुकेको छ ।

गरिब दुःखी पीडितलाई हित गर्छु भन्नेहरू
व्यवहारमा अर्कै भाव मात्र शब्द भुकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *