Skip to content

प्रकृति भएछ लाचार

SandeepAcharya-02


मानवको दैवी कर्तुतले प्रकृति भएछ लाचार
पृथ्वी एक दिन भासिनेछ थेग्न नसकी भार!

भोकाहरू मरिरहेछन दुध अन्यत्रै बगिरहेछ
भेटीको लालचमा भगवान भनी ढुङ्गाको प्रचार!

बाघले मृग नसमाउन,मान्छे प्राथना गरिरहेछ
स्वादको लागि स्वतह बनाउँछ जनावरलाई आहर!

छ स्वभावमै आतंक तर सर्वश्रेष्ठ कहलिएछ
देखिने भए भगवान माथि पनि हुन्थ्यो यहाँ प्रहार!

सन्दिप आचार्य
नवलपरासी

Leave a Reply

Your email address will not be published. Required fields are marked *