नहेरूँ भन्छु यो कुरुपता
देशको अस्तव्यस्तता
पलायन छन् युवकहरू
बृद्धाको कारुणकता
व्याभिचारमा बाँचेका छन् राज्य
यसका सञ्चालकहरू
मासेर कानून र न्याय
लिएका छन् राक्षसी संकल्पहरू
अन्धकार सृजना गरेका छन्
प्रकाशमय प्रकृतिमा
बिर्ताको लेखो चम्किलो खुकुरीमा
हालेर खिया भुत्त्याइरहेछन् देश
भएर भ्रष्ट रित्याइरहेछन् देश
योवना बोकेर सिंदुर
तिर्खामा हिडिरहेछन्
गद्दीसीन भोज भतेरमा
निर्लिप्त छन्
जाग्छ कहिले देश
जाग्ने कहिले जनता
हुने यस्तै हो कि
भगाउलान् भ्रष्टता ।
