प्रेम गर्ने हरकोहीले आँशु झारेको प्रहर हुदैन
एकोरो प्यार नगर, सबैको उस्तै रहर हुदैन!!
संसारैको रित हो हरेकको आफ्नै चाह हुन्छ
भावना नपोख यत्रतत्र,कसैले बुझेको ठहर हुदैन!!
सम्बन्धमा प्रयोग अचेल मन हैन मष्तीस्क हुन्छ
विश्वासघात र धोखा भन्दा कडा कुनै जहर हुदैन!!
स्वागत गर्दा मार्गमा यहा फुल हैन पत्थर हुन्छ
रुख चढाइ फेद काट्ने स्वार्थी नभएको सहर हुदैन!!
सन्दिप आचार्य
नवलपरासी
