भत्किए चैत्य,मन्दिरहरू भत्कियो धरहरा
भत्किने छैन आस्था यहाँ रहनेछ हराभरा
आउँछ क्षणमै यहा सबै समसान बनाउँछ
भूकम्प अचम्म विषय हो विज्ञानभन्दा पर
खोक्ने बानी नेताहरू असर बुढेसकालको
हाँगापाता फैलाउन चाहिन्छ बलियो जरा
जहाज र छकछकेको छ चर्चा परी चर्चा
पुननिर्माण कहिले हुनेहो भत्केका ती घर
सन्दिप आचार्य
नवलपरासी
