गाउँ छोडी सहर चाहेर त गल्ती गरे
सुकाले टर्ने, मोहर चाहेर त गल्ती गरे
स्वर्ग आभास हुने आमाको काख छाडी
पराई लोगको अधर चाहेर त गल्ती गरे
शान्त सुख आनन्दको झुप्रो छाडी
निदहर्ने महलघर चाहेर त गल्ती गरे
आफैमा टुटी झरिरहेको तारा भाकी
ठुलो मुन्छे बन्ने वर चाहेर त गल्ती गरे
#नवलपरासी
